News Portal

  • फेरि गैँडाको चोरी सिकार

    १०८६ पटक

    भरतपुर, २२ कार्तिक । गैँडा चोरी सिकारमा संलग्न रहेको अभियोगमा काराबास जीवन भुक्तान गरेका र तिनका परिवारलाई कसरी गैँडा संरक्षणमा जुटाउन सकिन्छ भनेर गत बुधबार चितवनको सौराहामा छलफल चलिरहेको थियो ।

    छलफलमा काराबास भुक्तान गर्नेले गैँडा संरक्षणमा आफ्ना योजना सुनाइरहेका बेला चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई खबर आयो “चोरी सिकारीले मारेको गैँडाको माउ र बच्चा (केटा) भेटियो १” पछिल्ला केही वर्षयता निकुञ्जले चोरी सिकार शून्य वर्ष मनाउँदै आएको बेला यो वर्ष निरन्तर दुखद खबर आएपछि संरक्षणकर्मी आत्तिएका छन् ।

    “गलेर पोस्टमार्टम गर्न नसकिने अवस्थामा माउ र केटा एकै ठाउँमा मृत भेटिएका हुन्”, प्रमुख संरक्षण अधिकृत बराल भन्छन्, “माउको खाग काटेर लगेकाले त्यो चोरी सिकारीले मारेकै हो भन्न कठिन भएन ” झन्डै तीन महिनाअघि ती माउ र बच्चा मारेको अनुमान निकुञ्जको छ । त्यो बेला निकुञ्जभित्र गोली चलेको थियो ।

    निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने लखौनी क्षेत्रमा नेपाली सेनाको गस्ती टोलीले कुहिएको अवस्थाका ती गैँडा फेला पारेको हो । भर्खरै बच्चा जन्माएर सुत्केरी अवस्थामै रहेको गैँडाको माउ मारेपछि त्यो सानो बच्चा पनि मरेको हुनसक्ने निकुञ्ज सुरक्षाकर्मीको अनुमान छ । अघिल्लो दिन माउ र बच्चाको मृत शरीर व्यवस्थापन गर्न नपाउँदै निकुञ्जकै पश्चिमी क्षेत्रमा नै बिहीबार खागविहीन अवस्थामा थप गैँडाको अस्थिपञ्जर भेटियो । “त्यो गैँडा पाँच÷छ महिनाअघि मारेर फालेको हुनुपर्छ । खागविहीन अवस्थामा भेटिएको मृत गैँडाको हाडखोर मात्रै छ”, प्रमुख संरक्षण अधिकृत बरालले भने ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...