News Portal

  • पोखरामा प्याराग्लाइडिङ गर्नेको भीड

    ९२५ पटक

    गण्डकी, २२ कार्तिक । खुला आकाश । सेतै हिमाल । तालतलैया । सफा सहर । लकडाउनपछि खुलेको चहलपहल । स्याङ्जाको गल्याङ घर भएका गणेश खनाल लामो समयसम्म पोखरामा बसेका थिए । पछिल्लो समय निजामती सेवामा प्रवेश गरेका खनाललाई अहिलेसम्म प्याराग्लाइडिङ गर्ने मौका जुरेको थिएन ।

    पोखराको सराङकोटबाट उडेका पर्यटक फेवाताल किनारमा अवरतण गर्दै । तस्बिर स् प्रतीक्षा काफ्ले
    ‘कहिले के नमिल्ने कहिले के,’ उनी भन्छन्, ‘अहिले दसैंमा घर आएको मौका पारी प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आएँ ।’ उनी अहिले काठमाडौंमा कार्यरत छन् । लकडाउन खुलेसँगै महामारीको जोखिम भए पनि साहसिक खेलमा उत्तिकै भीड बढेको छ । अझ प्याराग्लाइडिङको शुल्क घटेसँगै चाप बढेको छ ।

    व्यवसायीका अनुसार अहिले प्याराग्लाइडिङ गर्न आउनेलाई व्यवस्थापन गर्न नै समस्या भएको छ । कतिपय त पालो नपाएर यत्तिकै फर्कन बाध्य छन् । हेटौंडाबाट आएका सुवास दाहालले प्याराग्लाइडिङ गर्ने सपना पूरा भएको बताए । ‘दसैंअघि नै आउने कुरा थियो,’ उनले भने, ‘साथीभाइ जम्मा भएर आउने भनेका थियौं तर जुट्न सकिएन । अहिले भाइलाई लिएर आएँ ।’

    प्याराग्लाइडिङमा तोकिएको मूल्यको ५० प्रतिशत डिस्काउन्ट गरेपछि आकर्षण बढेको नेपाल हवाई खेलकुद संस्थाका प्रथम उपाध्यक्ष इन्द्र भण्डारीले बताए । ‘८ हजार रुपैयाँ पर्ने गरेकामा अहिले हामीले ४ हजार, ३ हजार ५ सयमा उडाएका छौं,’ भण्डारी भन्छन्, ‘१० दिनअघि नै प्याक भइसकेको हुन्छ । नेपालभरबाटै आउनेको संख्या उस्तै छ ।’ यसभन्दा अघि पर्यटकले ८ हजार तिर्नुपथ्र्यो । एजेन्टले १ हजार कमिसन लिएर कम्पनीले ७ हजार रुपैयाँ बुझ्थे । ‘एउटा कम्पनीले दुई सेड्युलमा उडाउन पाउँछ,’ भण्डारी भन्छन्, ‘६० वटा कम्पनी छन् । एक सेड्युलमा ६ जना र अर्को सेड्युलमा ६ गरी दिनमा १२ जना हो । ६० वटा कम्पनीले ६ सय जना दैनिक उडाउँदै आएका छन् ।’ एउटा कम्पनीका ६ जना पाइलट हुन्छन् । पर्यटन सुस्ताएको बेला भारी डिस्काउन्ट दिएर सेवा सञ्चालन गर्दा प्याराग्लाइडिङमा भीड बढेको उनको भनाइ छ ।

    सराङकोट र तोरीपानीको टेकअफ एरियाबाट उडेर फेवाताल सिरान र चंखपुर क्षेत्रमा प्याराग्लाइडिङ अवतरण गरिन्छ । सिजनमा घाटा सहेरै भए पनि चहलपहल ल्याउन छुट दिइएको व्यवसायीको तर्क छ । विगतमा महँगो भएकाले प्याराग्लाइडिङ गर्न नसक्ने पनि अहिले अनुभवका लागि आउने गरेको भण्डारी बताउँछन् ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा प्र्रतीक्षा काफ्लेले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...