News Portal

  • महाधिवेशन सार्न कांग्रेस नेताहरू सहमत

    ८४७ पटक

    काठमाडौं, २३ कार्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४ औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा महाधिवेशन गर्ने गरी सार्न शीर्ष तहका नेता सहमत भएका हुन् ।

    कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले आगामी फागुनमा महाधिवेशन गर्न कठिन रहेको निष्कर्षमा पुगिएको र महाधिवेशन सार्ने विषयमा नेताहरू सहमत भएको बताए ।

    ‘महाधिवेशन फागुनमा हुने भन्ने विषय अब कठिन छ, सबै नेताहरू यसमा सहमत हुनुहुन्छ, महाधिवेशनको नयाँ मिति केन्द्रीय समति बैठकले तय गर्छ,’ कांग्रेस सहमहामन्त्री डा। महतले राजधानीसँग भने ।

    पूर्वनिर्धारित केन्द्रीय समिति बैठक स्थगित भए पनि कांग्रेसका नेताहरूबीच आन्तरिक छलफल भने हुँदै आइरहेको छ । बैठकमा पार्टीभित्रको असन्तुष्ट समूहले राखेका मागका विषयमा समेत छलफल जारी छ । तर, कुनै सहमति भने भएको छैन ।

    ‘असन्तुष्ट पक्षका मागमा पनि छलफल जारी छ, उहाँहरूमा आशंका र अविश्वास धेरै देखिएको छ । सभापतिले छलफलबाटै मिलाउने प्रयत्न गरिरहनुभएको छ,’ महतले थपे ।

    सभापति शेरबहादुर देउवाले गठन गरेका विभाग र त्यसमा थपिएका सदस्यहरू, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्था र पार्टीका संरचना समायोजनलगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाउँदै आइरहेको छ । सो पक्षका २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीको विरोधमा लिखित रूपमै १६ बुँदे असहमति राख्दै आएका छन् ।

    असन्तुष्ट पक्षका नेता नवीन्द्रराज जोशीले सबै विषयलाई प्याकेजमा टुंग्याएर केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय हुनुपर्ने बताए । उनले महाधिवेशनको प्रक्रिया जतिसक्दो छिटो सुरु गरेर आवश्यक पर्ने नपुग समयलाई सहमतिबाट मिलान गर्न सकिने जनाए ।

    ‘महाधिवेशन प्रक्रिया जतिसक्दो छिटो सुरु गरिनुपर्छ । अलमल गर्ने र लम्ब्याउने भन्दा प्रक्रियामा गएर अपुग समय के कति लाग्छ, सहमतिबाट थप गर्न सकिएला,’ नेता जोशीले भने ।

    कांग्रेसले महाधिवेशनबारे छलफल गर्न २१ कात्तिकमा केन्द्रीय समिति बैठक राखेको थियो । सो बैठक फेरि २४ गतेसम्मका लागि सरेको छ । सो मितिअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले पदाधिकारीहरूको अनौपचारिक बैठक राख्दै आएका हुन् । नेताहरूबीच आगामी वैशाख वा जेठमा महाधिवेशन गर्नुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...