News Portal

  • प्रमद्वारा २८ वटा परियोजना शिलान्यासः निर्माण कार्य उत्साहजनक

    ८८२ पटक

    काठमाडौं, २४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गर्नुभएका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ । कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।

    ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभएको थियो । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उहाँले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गर्नुुभएको छ । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुुभयो । प्रधानमन्त्री भएपछि उहाँले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गर्नुभएको थियो । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उहाँले गरिसक्नुभएको छ ।

    त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शøया क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण सुरु भइसकेको छ ।

    त्यसैगरी २०७५ पुस १२ गते शिलान्यास गरिएको ऐतिहासिक धरहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । कुल २२ तलामध्ये १७ तलाको ढलान सम्पन्न भइसकेको छ । त्यसैगरी गत वर्ष असोजमा शिलान्यास गरिएको सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । त्यस्तै ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताउनुभयो ।

    विकास व्यवस्थापन विज्ञ थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजनाको निरन्तरको समीक्षा, अनुगमन र सहजीकरण गर्दा परियोजनाको निर्माण प्रगति उत्साहजनक रहेको बताउनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...