News Portal

  • बिराट नेपालभाषा साहित्य सम्मेलनले खुला कार्यक्रम नगर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ कात्तिक
    ९७६ पटक
    भक्तपुर, २६ कात्तिक

    कोरोना रोकथामबारे बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।

    छलफलमा प्रमुख प्रजापतिले कोरोनाबाट नगरबासी जनतालाई जोगाउन सबैको संयुक्त प्रयास आवश्यक भएको बताउनुहुँदै तिहारको समयमा भीडभाड हुने कुनै किसिमको औपचारिक कार्यक्रम नगर्न र न्हु दँ र्यालीजस्ता कार्यक्रमहरु स्थगित गर्न पहल गरी दिन बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका पदाधिकारीहरुलाई आग्रह गरेका उनको प्रेस संयोजक कीर्तिका प्रजापतिले जनाएकी छन् ।

    बिराट नेपालभाषा साहित्य सम्मेलन केन्द्रीय समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले भक्तपुर नगरपालिकाले कोरोना रोकथामको लागि गरिरहेको काम सराहनीय भएको बताउनुहुँदै आफ्नो संस्थाको तर्फबाट खुला रुपमा कुनै पनि कार्यक्रम नगर्ने अरुलाई पनि कार्यक्रमहरु नगर्न विज्ञप्तिमार्फत आह्वान गरी सहयोग गर्ने वचन दिएका बताइएको छ ।

    छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, बिराट नेपालभाषा साहित्य सम्मेलनका कोषाध्यक्ष रामगोपाल चगुठीकाे समेत सहभागिता रहेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...