News Portal

  • कोरोना निको भएकाले के गर्ने ?

    ७५२ पटक

    काठमाडौं, २७ कार्तिक । कोरोना संक्रमण हुँदा नआत्तिएकी काठमाडौंकी २४ वर्षीया एक युवतीको मन आजभोलि पिरोलिरहन्छ । एक महिनाअघि उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । घाँटी खसखस गर्ने, टाउको दुख्नेबाहेक उनमा अन्य कुनै गम्भीर लक्षण थिएन । १४ दिनपछि संक्रमणमुक्त भइन्, काममा फर्किइन् । अहिले फेरि स्वास्थ्यमा समस्या देखिन थालेपछि बिदा लिएर घरमै बसिरहेकी छन् ।

    ‘अलिकति हिँडेपछि पिँडुला फर्किन्छ । मुटुको ढुकढुकी पनि बढिरहन्छ,’ उनले भनिन्, ‘मान्छेहरू सामान्यभन्दा तीन गुणा धेरै ठूलो देख्छु, कोरोनाले मेरो दिमागमै असर गर्‍यो जस्तो लाग्छ ।’ धेरै दिनसम्म यस्तो समस्या देखिएपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगिन् । रगतको जाँच, छातीको एक्सरे गर्दा कुनै समस्या देखिएन । ‘रिपोर्टमा केही देखिँदैन, शरीरलाई कुनै पल सन्चो अनुभव छैन,’ उनले चिन्ता जनाइन् ।

    वीर अस्पतालका ३८ वर्षीय एक स्वास्थ्यकर्मी एक महिनाअघि कोरोना संक्रमित भए, कुनै लक्षण देखिएन । १४ दिन आइसोलेसन बसे तर दोस्रो रिपोर्टमा पनि पोजिटिभ आयो । २१ दिनपछि उनी काममा फर्किए तर पहिले जस्तो सक्रिय हुन सकिरहेका छैनन् । ‘पहिले म अस्पतालको चार तला २० पटकसम्म लतमाथि गरिरहन्थें, केही हुन्थेनँ । अहिले अस्पतालको एक तला चढ्नेबित्तिकै धेरै थाक्छु,’ उनले भने, ‘राति निद्राबाट बिउँझिएँ भने आफ्नै हातखुट्टा हात्तीको पञ्जाभन्दा ठूला देखेर तर्सिन्छु ।’ राति बिउँझिनुपर्ला र आफैंलाई देखेर डराउनुपर्ला भने उनी निद्राको औषधि खाएर सुत्ने गरेको बताए ।

    सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार कोरोना निको भए पनि मानिसहरू विभिन्न समस्या भयो भन्दै अस्पताल पुगिरहेका छन् । यस्ता समस्या भोग्नेमा दीर्घरोगी र वृद्धवृद्धाभन्दा पनि युवा वर्गको संख्या बढिरहेको उनले बताए । ‘भाइरसमुक्त भएपछि पनि संक्रमित भएकाहरूमा शारीरिक र मानसिक समस्या आइरहेको विदेशी अध्ययनले पनि देखाएको छ । हाम्रोमा भने कतिलाई यस्तो भइरहेको र किन भन्ने अध्ययन गरिएको छैन,’ उनले भने, ‘ओपीडीमा आएका बिरामीको अवस्था मात्रै बुझ्दा कोरोना निको भएकालाई छाती, मुटु, मिर्गौला र अन्यका अंगमा पनि केही असर गरेको देखिएको छ ।’

    उनका अनुसार संक्रमणमुक्त भएपछि पनि थकाइ लाग्ने, शरीरको तापक्रम बढ्ने, लहरेखोकी, भ्रम र शंका लाग्नेजस्ता समस्या भएको गुनासो आए पनि रिपोर्टहरू भने सामान्य छन् । संक्रमणमुक्त भयो भन्दैमा स्वास्थ्यको ख्याल नगरी बस्न नहुने, निरन्तर स्वास्थ्यकर्मी र चिकित्सकको सल्लाह लिइहाल्न उनले सुझाए । संक्रामक रोग विशेषज्ञ डा। प्रभात अधिकारीका अनुसार कोरोनालगायत भाइरल इन्फेक्सनमा लामो समयसम्म यस्ता समस्या आउन सक्छन् तर ठूलै समस्या भयो भनेर आत्तिहाल्नु पर्दैन ।

    ‘थकाइ लाग्ने, उकालो–ओरालो गर्न नसक्ने र खोकी लाग्ने समस्या सामान्य हुन्,’ उनले भने, ‘धेरैजसोमा भने यस्ता समस्या मानसिक मात्रै हुन् । उनीहरूलाई उपचारभन्दा परामर्शको खाँचो छ ।’ कोरोना संक्रमणमुक्त भएपछि पनि बिरामी भइयो, संक्रमणले फोक्सो खायो या अब सधैंभरि बिरामी परिन्छ भन्ने भ्रमले पनि उनीहरूको आत्मबल गुमेर र यसले शारीरिक रूपमा कमजोर बनाउँदै लगेको उनले बताए । संक्रमित भई सामान्य लक्षण देखिएकादेखि आईसीयू र भेन्टिलेटरसम्मै पुगेका बिरामीलाई केही समय यस्ता लक्षण देखिए पनि विस्तारै हराउँदै जाने भएकाले नडराउन उनको सुझाव छ ।

    ‘लक्षणसहितका संक्रमितलाई सबै लक्षण हराए पनि खोकी लामो समयसम्म लाग्न सक्छ,’ उनले भने, ‘लक्षण हराएन भन्दैमा एन्टिबायोटिक खाने, चिकित्सकबाहेक अरूको लहलहैमा औषधि खाने गरिएको छ, त्यस्तो गर्नु हुँदैन ।’ लक्षण हराएर फेरि कोरोनाजस्तै लक्षण देखियो भने पुनः संक्रमण भएको हुन सक्ने भएकाले चिकित्सकको सल्लाह लिइरहन पनि उनले सुझाए ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा फातिमा बानुले खबर लेखेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...