News Portal

  • सामाजिक विकासमन्त्री दुलालद्वारा भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २७ कात्तिक ।
    १६७९ पटक
    भक्तपुर, २७ कात्तिक ।

    बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् ।

    उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वाेत्कृष्ट अस्पताल हुन सफल भएको कुरा बताए ।

    मन्त्री दुलालले प्रदेश अस्पतालको आन्तरिक सुदृढीकरणको लागि नेतृत्व व्यवस्थापनमा जोड दिंदै अगाडि बढेकै कारण अस्पतालको विकास सम्भव भएको जिकिर गर्दै प्रदेश सरकार कोभिड महामारीबाट विजय प्राप्त गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएकोमा खुशी प्रकट गर्दै भक्तपुर अस्पताल हाल भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सक्नु सबैको लागि खुशीको विषय भएको बताए ।

    नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको जानकारी दिए ।

    बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताउनुहुँदै जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताए ।

    कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतमले पीसीआर सेवाको प्रारम्भिक परीक्षण भइरहेको र भक्तपुर अस्पतालबाट पीसीआर परीक्षण निःशुल्क रुपमा गरिने जानकारी दिए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल, पत्रकार महासंघ भक्तपुर जिल्लाका अध्यक्ष पुष्कर बुढाथोकी र भक्तपुर नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...