News Portal

  • यी हुन् उत्कृष्ट १५ करदाता

    १७६४ पटक

    काठमाडौं , ८ मंसिर । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन आइतबार उत्कृष्ट १५ करदाताको नाम छनोट गरेको हो ।

    आयकरतर्फ आर्थिक वर्ष २०७५र७६ र मूल्य अभिवृद्धि कर ९भ्याट०तर्फ आर्थिक वर्ष २०७६र७७ लाई आधार मानेर उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको विभागले जनाएको छ । विभागका अनुसार यस वर्ष व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्नेमध्येबाट मदिरा व्यवसायी विजयकुमार शाह उत्कृष्ट छानिएका छन् । उनी जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् ।

    मदिरा व्यवसायमा संलग्न शाहको अहिले स्वदेशी मदिरा उत्पादन तथा बिक्रीमा ठूलो व्यावसायिक साम्राज्य छ । स्वदेशी मदिरा उत्पादक व्यवसायी शाहको जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिस्टिलरीलगायत विभिन्न कम्पनी सञ्चालित छन् । हाल शाहका यी कम्पनीले रुस्लान भोड्का, गोल्डेन ओक र वार्सटाइनर बियर उत्पादन गरिरहेको छ ।

    व्यक्तिगत आयकरतर्फः विजयकुमार शाह
    बैंकिङ क्षेत्रतर्फः नबिल बैंक
    कम्पनीको क्षेत्रतर्फबाटः बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल
    विप्रेषणतर्फः आईएमई रेमिट्यान्स कम्पनी
    व्यापार व्यवसायतर्फः अग्नि इन्कर्पोरेटेड कम्पनी
    निर्यात व्यवसायतर्फः बहुराष्ट्रिय कम्पनी डाबर नेपाल
    विशेष उद्योगतर्फः हिमाल पावर कम्पनी
    कृषि तथा पशुपक्षी उद्योगतर्फः अन्नपूर्ण एग्रोभेट प्रालि
    सहकारीतर्फः छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
    बिमा व्यवसायतर्फः नेपाल पुनर्बिमा कम्पनी
    शिक्षण सेवातर्फः मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल प्रालि
    पर्यटन व्यवसायतर्फः तारागाउँ रिजेन्सी होटल्स लिमिटेड
    मध्यमस्तरीय करदातातर्फः कामना सेवा बैंक लिमिटेड
    मूल्य अभिवृद्धि कर (भ्याट)तर्फः घोराही सिमेन्ट
    आराकाहरुको कार्यक्षेत्र तर्फबाटः भीएफ सर्भिसेस (मोरिसस) प्रालि
    यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...