News Portal

  • नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी

    १३१८ पटक

    काठमाडौं, ८ मंसिर । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०।७ प्रतिशत हो ।

    उच्च पोजिटिभिटी दरले हामीले धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने देखाउँछ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन ९डब्लुएचओ० को पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा। सुधीर खनालले भने । तर नीतिगत परिवर्तनका लागि यो दर मात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘त्यसका लागि कुल परीक्षण संख्या, कति छिटो परीक्षण गरिएको छ भन्ने कुरा, समग्र परीक्षण रणनीति, कन्ट्याक्ट ट्रेसिङ र समग्र स्वास्थ्य सेवा क्षेत्रको क्षमताजस्ता विषय महत्त्वपूर्ण हुन्छन्,’ कोभिड–१९ महामारीसँग जुध्न गठित ‘साइन्टिस्ट नेपाल’ नामक इलेक्ट्रोनिक प्लेटफर्मले आयोजना गरेको ‘कोभिड–१९ खोपको विकासका चुनौती तथा अवसर’ विषयक अन्तक्र्रियामा डा। खनालले भने ।

    विश्वव्यापी रूपमा कोरोना भाइरस खोपको व्यग्र प्रतीक्षा भइरहेको उनले बताए । ‘तर खोपले भाइरसको निगरानी, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता, सम्पर्कमा आएकाको खोजी, आनीबानीमा परिवर्तन, मास्कको प्रयोग तथा हातको पर्याप्त सेनिटाइजेसनलगायत गैरऔषधिको आवश्यकतालाई प्रतिस्थापन गर्दैन,’ उनले भने । डब्लुएचओको महामारी निगरानीको मानक अर्थात् ‘स्टान्डर्ड कम्प्रिहेन्सिभ सर्भिलेन्स’ अनुसार प्रतिसाता एक हजार जनसंख्यामा एक संक्रमितको परीक्षण हुनुपर्ने उनले बताए । सार्वजनिक जीवन, स्वास्थ्य तथा सामाजिक व्यवस्थामा गरिएको निगरानी (लकडाउन) खुकुलो पार्दा कम्तीमा पछिल्ला दुई साता कुल परीक्षण गरिएको जनसंख्याको ५ प्रतिशतमा मात्र पोजिटिभ भेटिएको हुनुपर्ने डब्लुुएचओको सिफारिस रहेको उनले जानकारी दिए ।

    यो समाचार आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...