News Portal

  • गएराती भएको सडक दुर्घटनामा राधेराधेका एक युवकको निधन

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १६ मंसिर
    ११९० पटक
    भक्तपुर, १६ मंसिर

    गएराती मध्यपुर थिमि- ४ एस.एस. चोक नजिक दुर्घटनाग्रस्त स्कुटी चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाण्डौ तर्फ जादै गरेको बा ७३ प ३८२ नं को स्कुटी चालकले ज्यान गुमाएका हुन ।                                                                                                                                               उक्त स्कुटीका चालक राधेराधेका २९ वर्षिय राजु तामाङ रहेको प्रहरीले पुष्टि गरेको हो । राती करिब सवा १० बजे स्कुटी अनियन्त्रित भई आफै दुर्घटना हुदा चालक तामाङ गम्भीर घाइते भएका थिए । प्रहरी परिसरका डिएसपी दिपक गिरीका अनुसार खबर प्राप्त हुनासाथ ठिमी बृत्तबाट सि.आर.भी. टोली खटी गई उनलाई मध्यपुर अस्पताल पुर्याएको थियो ।  मध्यपुरले रिफर गरी नर्भिक अस्पताल लगिएकोमा सम्बन्धित चिकित्सकले घाइते तामाङ लाई  मृत घोषित गरिदिएका थिए ।                                                                                                       घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि प्रारम्भिक अनुसन्धान कार्य गरिएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...