News Portal

  • भक्तपुरमा मोटरसाइकल चोरीको अभियोगमा ४ समातिए

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ मंसिर
    १२४५ पटक
    भक्तपुर, २६ मंसिर

    मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । चेकजाँच गर्नेक्रममा उनीहरु पक्राउ परेका हुन् ।

    महानगरीय प्रहरी परिसरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए अनुसार मोटरसाइकल चोरी गरेको अभियोगमा दोलखा सैलुङ गापा २ घर भई हाल सूर्यविनायक ८ बस्ने बर्ष २३ को सोनाम वाईबा र बर्ष १९ को फुर्बा घिसिङ गएराती नै पक्राउ परेका छन् भने सोही ठेगाना भएका बर्ष १८ को संजिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर २ घर भई हाल पुरानोठिमी बस्ने बर्ष २१ को जिवन तामाङ लाई आज शुक्रवार पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    गएराती अन्दाजी १० बजेको समयमा भक्तपुर ४ राममन्दिर र चाँगुनारायण ९ ताथलीबाट मोटरसाइकल चोरी भएको खवर प्राप्त हुनासाथ खोजीका लागि ब्यापक प्रहरी परिचालन गरिएकाे थियाे । साेही क्रममा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले चाँगुनारायण ९ ताथलीमा चेकजाँच गर्नेक्रममा सोहीस्थानबाट चोरी भएको बा. ८३ प. ७७७३ नम्बरको २२० सि.सी. को पल्सर सहित सोनाम र फुर्वालाई पक्राउ गर्न सफल भएकाे हाे ।

    त्यसैगरी प्र. ३-०२-००८ प. ७५८५, र प्र. ३-०२-०१४ प.०५९४ नम्बरको २२० सि.सी.को पल्सर सहित थप २ जनालाई शुक्रवार मध्यान्हको समयमा सूर्यविनायकबाट नियन्त्रणमा लिई अनुसन्धान गर्दा चोरीको मोटरसाइकल चढेको पुष्टि भएको प्रहरीको भनाइ छ ।

    पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरी निरीक्षक बुढाथोकीले बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...