News Portal

  • भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ पुस
    १६४० पटक
    भक्तपुर, ३ पुस

    भक्तपुरस्थित क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त भएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहलाई सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष बनाएको हो ।

    पछिल्लो समय अस्पतालको व्यवस्थापनको बिबादमा हस्तक्षेप गर्दै सरकारले अस्पताल विकास समित मार्फत संघीय सरकार मातहत क्यान्सर अस्पताललाई संचालन गर्ने निर्णय गरेको थियो । एक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएकाे अस्पताल व्यवस्थापनले भ्रष्टाचार गरेको भन्दै भक्तपुर नगरपालिकाले छुट्टै व्यवस्थापन समिति गठन गरेपछि दुवैले काम गर्न सकेका थिएनन् ।

    ११ सदस्यीय अस्पताल बिकास समिति गठन आदेश स्वीकृत भएपनि समितिले पूर्णता भने पाएको छैन । समितिको सदस्य सचिवका रुपमा मन्त्रालयबाट आएका निर्देशक विष्णुदत्त पौडेलले जिम्मेवारी पाएका छन् भने सदस्यमा नीति तथा योजना महाशाखाका निर्देशक डा.गुणराज लोहनी र चिकित्सकका तर्फबाट डा. गणेश दंगाललाई नियुक्त गरिएको छ ।

    समितिमा भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति पदेन सदस्य रहने छन् भने भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेण्ट डा सुमित्रा गौतम पनि पदेन सदस्य रहने व्यवस्था छ।

    अब क्यान्सर सोसाइटीको तर्फबाट ३ जना र समाजसेवीका तर्फबाट २ जना सदस्य नियुक्त हुन बाँकी रहेका बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...