News Portal

  • भक्तपुरमा प्रधानमन्त्री अेाली र राष्ट्रपति भण्डारीको पुत्ला दहनपछि महेश बस्नेतलाई चेतावनी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ पुस
    ३३८९ पटक
    भक्तपुर, १३ पुस

    प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक निर्णय र राष्ट्रपति विद्यादेवी भण्डारीको त्यसमा अविवेकी लाहाछापको विरुद्धमा भक्तपुरका युवा तथा विद्यार्थी आक्रोशित भएका छन् । आक्रोसित युवा तथा विद्यार्थीहरुले उनीहरुको पुतला समेत दहन गरेका छन् ।

    सोमबार साँझ नेकपाको पार्टी कार्यालय अगाडी नै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरिएको हो । नेकपाकाे जनवर्गीय संगठन युवा संघ नेपाल र अनेरास्ववियूको संयुक्त आयोजनामा गरिएको मसाल जुलुसपछि सूर्यविनायकमा सहभागीहरुले पुत्ला दहन गरेका हुन् ।

    प्रतिनिधि सभा विघटन गर्ने घोषणा गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि धावा बोलेकोले आफूहरु त्यसको बिरुद्धमा संघर्षमा उत्रिएको राष्ट्रिय युवा संघका भक्तपुर इन्जार्ज दिनेश थपलियाले जानकारी दिए ।

    सूर्यविनायकस्थित नेकपाको जिल्ला पार्टी कार्यालय अगाडी आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दिपशिखाले प्रधानमन्त्री ओलीलाई बालुवाटार र राष्ट्रपति भण्डारीलाई शितलनिवासबाट नलखटेसम्म आफूहरुको आन्दोलन नरोकिने स्पष्ट पारे । भक्तपुरका निवर्तमान सांसद महेश बस्नेतलाई गुण्डाको संज्ञा दिंदै उनले गुण्डा तह लगाउने तरिका आफूहरुलाई राम्ररी थाहा भएकाे भनेका थिए । उनले बस्नेतलाई  बाटोबाटोमा बरबराएर नहिड्न चेतावनी समेत दिए । पेरिस डाँडामा आगो लगाउने सकुसल फर्कन नसक्ने जिकिर गर्दै संयोजक सापकोटाले मुख सम्हालेर बोल्न नेता बस्नेतलाई सुझाव दिएका थिए ।

    भक्तपुरका महेश बस्नेत देखि इश्वर पोखरेल र शंकर पोखरेल लगायत ओली गुटका मान्छेहरु बाम गठबन्धनका कारण मात्र सांसद बनेका खुलासा गर्दै उनले आफ्नो औकात नभुल्न अर्ती दिए । आफ्नाे औकात भुल्नेले ठूलाे मूल्य चुकाउनुपर्ने उनकाे चुनाैती छ ।

    कार्यक्रममा नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकर, प्रतिमा श्रेष्ठ, विद्यार्थी नेता विजय गौतम, युवा नेता दिपक थापा लगायतकाे समेत सहभागिता रहेकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...