News Portal

  • उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा भक्तपुरका न्यौपाने नियुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ पुस
    १३९९ पटक
    भक्तपुर, २१ पुस

    सरकारी स्वामित्वको उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रीपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    भक्तपुरको गठ्ठाघर निवासी न्यौपाने व्यवस्थापनको क्षेत्रमा अनुभवी छन् । चौधरी ग्रुपको महाप्रबन्धक रहेको अनुभव उनीसंग छ भने उनले व्यवस्थापन र कानुनमा स्नातकोत्तर गरेका छन् । उनी आफै पनि व्यवसायी हुन् । त्यसका अलावा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत उनको संलग्नता रहेको छ । गठ्ठाघरस्थित नागरिक हेल्थ ट्रस्ट फन्डका अध्यक्ष रहेका न्यौपाने समाजसेवी समेत हुन् ।

    उद्योग मन्त्रालयको सिफारिस समितिको सिफारिसका आधारमा न्यापाने लाई मन्त्रिपरिषदले उदयपुर सिमेन्ट कारखानाको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । सिफारिसमा परेका ध्रुवबहादुर देवकोटा र भूपेन्द्रप्रसाद अर्याललाई पछि पार्दै न्याैपाने नियुक्त हुन सफल भएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...