News Portal

  • भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरकाे मृत्यु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ पुस
    ७८४ पटक
    भक्तपुर, २६ पुस

    भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् ।

    आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर-२ कालोपाटीस्थित सुनिल थिमीको ५ तले पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा खसेर घाइते भएका थिए । महोत्तरी बर्दिबास घर भई हाल सूर्यविनायक ५ कटुन्जे बस्ने डम्बर मगर अचानक ५ तला माथिबाट लडी भुइ तलामा बजारिदा गम्भिर घाइते भएका र उपचारको लागी डा.इवामुरा अस्पताल पुर्याइएकोमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

    घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट इन्स्पेक्टर सुदन के.सीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनाको सम्बन्धमा अनुसन्धान गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...