News Portal

  • भक्तपुरको आठौं नगरसभा शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ पुस
    १०१४ पटक
    भक्तपुर, २९ पुस

    भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएकाे छ । नगर प्रमुख एवम् आठौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरपालिकाको आठौं नगरसभा  बुधवारबाट सुरु भएको हो ।

    नगरसभा उद्घाटन निवर्तमान संघीय सांसद एवं नेमकिपाका सचिव प्रेम सुवालले गरेका हुन् ।  ख्वप विश्वविद्यालय सञ्चालन स्वीकृति नदिनुमा शासक दल जिम्मेवार भएको र शासक दल गरिब जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा दिने पक्षमा नभएको भन्दै उनले सम्बन्धन प्राप्त  गर्न नगरपालिकालाइ निरन्तर लागिरहन आग्रह गरे  ।

    नगरसभा सुरु गर्दै सभाध्यक्ष प्रजापतिले सम्पूर्ण सभासद्हरुलाई आफ्नो विचार र सिद्धान्तलाई कायम गर्दै नगर र नगरबासीको सेवाको तत्पर भएर लाग्नुपर्ने बताएका छन् । उनले विचार र सिद्धान्त छोड्नु हिमालयमा चिप्लेटी खेल्नु जस्तै हुने भनी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. रोहितले भन्नुभए जस्तै विचारमा अडिग भई इमानदारितापूर्वक जनप्रतिनिधिहरूले कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए । प्रमुख  प्रजापतिले प्रतिनिधिसभा विघटनको बेला स्थानीय तहमा बसेर काम गर्ने जनप्रतिनिधिहरूको भूमिका अझ बढेको र थप सचेत भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

    यो हिउँदे नगरसभाले विशेषतः ऐन, नियम, कानुन र निर्देशिका निर्माण गर्ने प्रमुख प्रजापतिकाे भनाइ छ । विशेष अध्ययन र  सरसल्लाहबाट मात्रै नियम कानुन निर्माण गरिने बताउदै उनले सबै सदस्यहरुको सक्रिय सहभागिता रहने बिश्वास ब्यक्त गरे ।

    नगरसभाको अर्को बैठक माघ ४ गते आइतबार दिनको १ बजे बस्ने गरी सकिएको नगरपालिकाले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...