News Portal

  • भक्तपुरमा नेता श्रेष्ठले भने : राष्ट्रबादी मुकुण्डो लगाएर प्रधानमन्त्रीले दलाली गरे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ माघ
    १५५८ पटक
    भक्तपुर, ५ माघ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले भक्तपुरको चारवटै नगरमा एकैपटक प्रतिगमन विरुद्ध विरोध प्रदर्शन गरेकाे छ । सोमबार देशव्यापीरुपमा आह्वान भएको कार्यक्रम अन्तर्गत भक्तपुरमा पनि स्थानीय तहमा विरोध प्रदर्शन भएको हो ।

    भक्तपुर नगरको विरोध सभालाई सुकुलढोकामा सम्बोधन गर्दै नेकपाका नेता देवेन्द्र श्रेष्ठ दिवाकरले प्रधानमन्त्री केपी शर्मा ओली बिदेशीको दलाल भएको दावी गरे । राष्ट्रबादी मुकुण्डो लगाएर प्रधानमन्त्रीले बिदेशीको इशारामा संसद बिघटन गरेको उनको दावी छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेको नक्सा एकमतले स्वीकृत गर्ने प्रतिनिधि सभा बिघटन गरेर भारतले आफ्नो सामर्थ्य देखाइदिएको उनको भनाइ छ ।  नयाँ नक्सा पार्टीको निर्देशनपछि जारी भएको जिकिर गर्दै नेता श्रेष्ठले पाठ्यक्रममा त्यसलाई राख्न नमान्नुले प्रधानमन्त्रीको राष्ट्रबाद उतिबेलै नाङ्गीसकेकाे प्रष्ट पारे ।

    त्यसैगरी उनले एमसीसीप्रति संसद अनुदार देखिएकोले संसद भंग गरिएको बताए । एमसीसी पास नगर्ने पार्टीको अडानपछि प्रधानमन्त्री ओली पार्टीले काम गर्न दिएन भन्दै रुँदै हिँडेका र अन्तिममा प्रतिगमनमा उत्रिएका नेता श्रेष्ठले सुनाए । इन्डो-अमेरिकी डिजाइनमा ओलीले कठपुतली सरकार चलाइरहेको र त्यो सचेत नेपाली नागरिकलाई कदापी सह्य नभएको उनको भनाइ छ । नेता श्रेष्ठले प्रतिगमन नसच्याए बालुवाटारबाट प्रधानमन्त्रीलाई घिसारेर शहर घुमाइने उद्घोष गरे ।

    नेता श्रेष्ठले भक्तपुरका स्थापित वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ राेहितलाई लक्षित गर्दै विस्तारबादी र साम्राज्यवादीको बिरोध गरेर नथाक्ने नेता बिजुक्छेँ प्रतिगमनको मतियार बनेको बताए । देश अप्ठ्यारोमा परेको बेला संसद बिघटनको पक्षमा बोल्दै हिँड्नुले देशभक्त भक्तपुरका जनताको अवमूल्यन भएको उनको भनाइ छ । युट्युब समेत नछाडी बिजुक्छेले लगातार दिइरहेको इन्टरभ्यु पछिको इण्टेरेस्ट केहि समयमै बाहिर आउने नेता श्रेष्ठले जानकारी दिए ।

    उक्त विरोध कार्यक्रममा नेकपाका भक्तपुर नगर इन्चार्ज सुनिल बासुले प्रधानमन्त्री ओलीले संबिधानमा भ्वांग पारेको भन्दै अहिले नै त्यसलाई नासिलाए संबिधान ध्वस्त हुने र देश द्वन्द्वमा फस्ने दावी गरे । त्यसैगरी अर्का नेता माइलाबाबु ध्यौलाले आफूलाई केपी ओली लाई प्रधानमन्त्री भन्न पनि मन नलाग्ने भन्दै ओली केवल केही चम्चाहरुका मात्र प्रधानमन्त्री बन्न पुगेका बताए ।

    नेता रामचन्द्र दथेपुथेले संचालन गरेको कार्यक्रममा  भक्तपुर नगरभित्रका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो भने स्थानीयले अभिरुचीपूर्वक नेताका कुरा सुनेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...