News Portal

  • चाँगुनारायणमा जग्गा हेर्ने बहानामा ज्यान लिने मूख्य योजनाकार पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ माघ
    १३७२ पटक
    भक्तपुर, ५ माघ

    जग्गा हेर्ने बहानामा कुटपिट, लुटपाट र हत्यामा संलग्न भएको अभियोगमा मूख्य अभियुक्त पक्राउ परेका छन् । भक्तपुरको चाँगुनारायणमा गत असोजमा घटना घटाई फरार रहेका मूख्य अभियुक्त आइतवार पक्राउ परेका हुन् ।

    चाँगुनारायण नगरपालिका वडा नं.-८, सुडाल बस्ने वर्ष-६१ को चन्द्र बहादुर योञ्जन (लामा) को पसलमा आएका दुई जना अपरीचित व्यक्तिहरु बाट भएको घटनामा संलग्न रहेका कामी लामा, रमेश तामाङ प्रेम तामाङको बयानपछि मुख्य योजनाकार माईला भन्ने सोनाम तामाङलाइ महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

    गएको असोज २१ गते वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई चन्द्र लामा योञ्जनलाई जग्गा हेर्न भनी पसल भन्दा अन्दाजी १ कि.मी. पर विडोलफाँट स्थितमा रहेको धानखेतमा लगी कुटपिट गरी उनको साथमा रहेको सुनको ब्रासलेट तथा मोवाईल समेत लुटी कर्तव्य गरी फरार भएका थिए । उपचारको क्रममा ग्रीनसिटी अस्पताल बसुन्धरामा चन्द्र लामा योञ्जनको मृत्यु भएको थियो।

    घटनामा संलग्न व्यक्तिहरूको निरन्तर अनुसन्धान तथा खोजतलास पश्चात घटनाका मुख्य योजनाकार मध्यका जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. वडा नं. २ टिमुरे घर भएका ४२ का माईला भन्ने सोनाम तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले जिल्ला काभ्रे धुलीखेलबाट पक्राउ गरि आवश्यक कारवाहीको लागी भक्तपुर जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि थुनामा राखी कारवाही चलाएको महाशाखाले जनाएको छ।

    महाशाखाले “अपरेसन रक्स” संचालन गरी घटनामा संलग्न भएका व्यक्तिहरु मध्ये कामी लामा, रमेश तामाङ र प्रेम तामाङलाई यस अघि नै मिति २०७७/०६/२६ गते  काठमाण्डौंका विभिन्न स्थानबाट पक्राउ गरी आवस्यक कारवाही प्रक्रिया अघि बढाइ सकेको जानकारी गराएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...