News Portal

  • थिमि वृत्तका डिएसपी कँडेल एसपीमा बढुवा सिफारिस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ माघ
    १३५७ पटक
    भक्तपुर, १२ माघ

    नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई प्रहरी उपरीक्षक(एसपी) पदमा बढुवा सिफारिस गरिएको छ । सोमबार उनीहरु बढुवा सिफारिस भएका प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

    कार्यालयले जनाए अनुसार सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपी एसपी बढुवाका लागि सिफारिस भएका हुन् । बढुवा समितिको सिफारिसमा पहिलो नम्बरमा भुवनेश्वर तिवारी परेका छन् भने दोस्रोमा ऋषिराम कँडेल रहेका छन् । कँडेल महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख हुन् ।

    यस अघिकै लटमा एसपी हुनुपर्ने भएतापनि सिफारिसमा उनको नाम अटाउन सकेको थिएन । यस पटक भने उनी गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको गृह जिल्लामा कार्यरत रहंदा बढुवा सिफारिस हुने भाग्यमानी बन्न सफल भएका छन् ।

    हेर्नुस बढुवा सिफारिसमा परेका १६ डिएसपी

     

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...