‘गुणस्तरीय नर्सिङ सेवा हाम्रो सान, सेवा र श्रमको गरौं सम्मान’ भन्ने आह्वान सहित ५९ औं नर्सिङ दिवस मनाइएको छ । नर्सिङ दिवसको अवसर पारेर भक्तपुर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच सेवा निवृत्त नर्सिङ स्टाफहरु सम्मानित समेत भएका छन् । बिहीबार भक्तपुर अस्पतालमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रमका बीच ८ जना सेवा निवृत्त नर्सिङ स्टाफ सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा नर्सिङ अधिकृत भवानी थापा, निलकमल बस्नेत,स्टाफ नर्स कृष्णा बस्नेत, ज्ञानेश्वरी पाण्डे, उषा गौतम, सावित्रा गौतम , दिलमाया थापामगर र अनमी विमला श्रेष्ठ रहेका छन् । भक्तपुर अस्पताल र नर्सिङ एसोसिएसन अफ नेपाल, भक्तपुर अस्पताल शाखाको आयोजनामा आयोजित उक्त कार्यक्रममा उनीहरूलाई अस्पतालका अध्यक्ष मिलन सुवाल, मेसु डा सुमित्रा गौतम र स्वास्थ्य तथा सामाजिक विकास महाशाखाकी प्रमुख रोशनी लक्ष्मी तुइतुइ लगायतले दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरेका अस्पतालकी निमित्त नर्सिङ प्रमुख रोशनी श्रेष्ठले जनाएकी छन् । कार्यक्रममा श्रेष्ठ समेत सम्मानित भएकी छन् । उनलाई मेडलसहित सम्मान गरिएको छ । अस्पतालले सेवा निवृत्त तथा २० वर्ष सेवा अवधि पूरा गरेका नर्सहरुलाई सम्मान गरेको मेसु डा सुमित्रा गौतमले जानकारी गराएकी छन् । उक्त अवसरमा अध्यक्ष सुवाल, मेसु डा गौतम र महाशाखा प्रमुख तुइतुइ लगायतले अस्पतालमा नर्सिङ सेवाको औचित्य र महत्व माथि प्रकाश पार्दै सेवा निवृत्त नर्सिङ स्टाफको सुखद निवृत्त जीवनको कामना गरेका थिए । त्यसैगरी सम्मानित भएका नर्सहरु अस्पतालले आफ्नो सेवालाई सम्झेर सम्मान र बिदाइ गरेकोमा दङ्ग देखिए । कार्यक्रममा अस्पतालका मेडिकल र नर्सिङ शाखाका स्टाफहरुको उपस्थिति रहेको थियो ।
नर्सिङ दिवसमा भक्तपुर अस्पतालका ८ निवृत्त नर्सिङ स्टाफ सम्मानित
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १५ माघ
भक्तपुर, १५ माघ गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित
गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...
शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...
दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना
काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...
सिक्दै कमाउँदै श्री पद्मका विद्यार्थी
“मैले तीन कक्षादेखि नै अतिरिक्त क्रियाकलाप अन्तर्गत आर्ट ( पेन्टिङ्ग ) विषय रोजे । त्यति...
वेदालय बन्यो भक्तपुरकै सर्वोत्कृष्ट करदाता
भक्तपुरमा १३ औं राष्ट्रिय कर दिवस सप्ताहव्यापी कार्यक्रम गर्दै सम्पन्न भएको छ । आन्तरिक राजश्व...
- भक्तपुरमा मोटरसाइकलको ठक्करबाट गयो पैदलयात्रीको ज्यान
- भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम
- भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
- रविप्रति नरम अभियन्ता पाठक सरकारप्रति गरम, देश अल्बानिया बनाउन लागेको आरोप
- एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित
- मध्यपुर थिमिमा शहिद परिवारसंग प्रचण्डको सम्यबजी, देशैभर जनलहर बढेको भन्दै दंग
- लागू औषध कारोबारको अभियोगमा भक्तपुरमा अर्का मेडिकल संचालक समातिए
- शनिवार एमालेको सूर्यविनायक नगर अधिवेशन, नेतृत्व चयन हुने
- नेमकिपा अध्यक्ष बिजुक्छेंलाई पूर्व प्रधानमन्त्री देउवाले दिए यस्तो सुझाव
- निराश जनतामा आशाको संचार गर्नुपर्ने दायित्व काँग्रेसको : सांसद थापा