News Portal

  • प्रतिनिधि सभा पुनर्स्थापना नभए गलत नजिर बस्छ : प्राडा युवराज संग्रौला

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ माघ
    १६२६ पटक
    भक्तपुर, १६ माघ

    वरिष्ठ अधिवक्ता एवम् ठिमीस्थित काठमाण्डू स्कूल अफ ल का संस्थापक प्राडा युवराज संग्रौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्।

    संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्।

    संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने उनको तर्क छ। संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने उनले जिकिर गरेका छन् ।

    दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने प्रावधान छ। तर संसद् पुनर्स्थापना नभएको खण्डमा दुई वर्ष पुगिसकेपछि प्रधानमन्त्रीले नै संसद् विघटन गरिदिने र चुनाव घोषणा गर्नसक्ने बाटो बन्ने उनले चिन्ता ब्यक्त गरे ।

    संविधानले संसद विघटनको यो अधिकार प्रधानमन्त्रीलाई नदिएकोले संसद पुनर्स्थापना हुनुपर्नेमा संग्रौलाले जोड दिएका थिए।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...