News Portal

  • भादगाउँले टोपीमा सुपरस्टार श्राँफलाई जन्मदिनको शुभकामना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० माघ
    १५०६ पटक
    भक्तपुर, २० माघ

    बलिउडका सुपरस्टार कलाकार जैकी श्राँफको भादगाउँले टोपी लगाएको फोटो सार्वजनिक भएको छ । उनको ६४ औं जन्मदिनको अवसरमा सोमबार उनकी पत्नीले यो फोटो सार्वजनिक गरेकी हुन् ।

    उनकी पत्नी आयशाले आफ्नो अफिसियल इन्स्टाग्राममा शेयर गर्दै शुभकामना दिएको फोटोमा जैकी नेपालको झन्डा र खुकुरी अंकित भादगाउँले टोपी लगाएर हाँसिरहेका छन् । नेपालको झन्डा र खुकुरी अंकित भादगाउँले टोपी लगाएर हाँसिरहेको यहिँ फोटोमा बलिउडका ख्यातीप्राप्त कलाकार र राजनीतिकर्मीले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

    उनले यो तस्बिर कहाँ खिचेका हुन् भन्नेबारे आयशाले केहि बताएकी छैनन् । उनले क्याप्सनमा ‘विश्वकै सर्वश्रेष्ठ पिता र विश्वकै सबैभन्दा दिलदार व्यक्तिलाई जन्मदिनको शुभकामना’ भनेर लेखेकी छन् ।

    जैकी १ फ़रवरी १९५७ मा भारतको गुजरात राज्यमा एक बनियाँ परिवारमा जन्मिएका हुन् । उनकाे वास्तविक नाम जयकिशन कटुभाई श्रॉफ हाे । उनले बलिउडका सयौं सफल चलचित्रमा मूख्य भूमिकामा अभिनय गरेका छन् । उनका कराेडाैं फ्यान् छन् । भादगाउँले टोपीलाई महत्व दिएर यसको प्रचारप्रसारमा अप्रत्यक्ष सहयोग गरेकोमा श्राँफ परिवारप्रति हार्दिक आभार प्रकट गर्दै भक्तपुर पोस्ट बलिउडका सुपरस्टार श्राँफलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...