भक्तपुर, २२ माघ । प्रचण्ड नेपाल पक्षको हड्तालका क्रममा धनुषामा पूर्वमन्त्री रामचन्द्र झाको प्रहरीसँग झडप भएको छ । झडपमा लाठीचार्ज हुँदा पूर्वमन्त्री रामचन्द्र झासहित ४ जना घाइते भएका छन् । उनीहरुको उपचारको लागि काठमाडौं ल्याइएको छ । झाको टाउकोमा भने गम्भीर चोट लागेको छ ।
यस्तै अन्य घाइते नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादव, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया, प्रदिप साहलाई पनि उपचारका लागि नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।