News Portal

  • पुननिर्माण लेखनवृत्ति सम्मानबाट भक्तपुरकी सम्झना सहित १४ पत्रकार सम्मानित

    बाबुराम दाहाल / भक्तपुर पोस्ट भक्तपुर, २ फागुन
    १००५ पटक
    भक्तपुर, २ फागुन

    भूकम्पबाट अति प्रभावित १४ जिल्लामा भइरहेको पुनर्निर्माण कार्य सम्वन्धमा सत्य तथ्य समाचार सामग्री प्रवाह गरेवापत पत्रकारहरु सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघसँगको सहकार्यमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकाे लेखनवृत्ति सम्मानबाट उनीहरु सम्मानित भएका हुन् ।

    आइतवार महासंघमा एक कार्यक्रमका बीच उनीहरुलाई  ट्रान्स्परेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित गरिएको हो । नगदसहित सम्मान पत्रबाट १४ पत्रकार सम्मानित भएका हुन् ।

    सम्मानित हुने पत्रकारहरुमा भक्तपुरबाट सम्झना पौडेल रहेकी छन् । प्रकाशित समाचारसहित पुरस्कारको दावी गर्न निवेदन माग गरिएकोमा भक्तपुरबाट उनको  निवेदन परेको थियो । उनी प्रेस काउन्सिलमा कार्यरत कर्मचारी समेत हुन् । त्यसैगरी ललितपुरबाट दैनिकी न्युजका सम्पादक एवं प्रेस संगठन ललितपुरका नेता रामहरी कार्की र काठमाण्डौँबाट कान्तिपुरकर्मी विद्या राई सम्मानित भएका छन् ।

    सम्मानित अन्य पत्रकारमा सिन्धुलीका राजकुमार कार्की, धादिङबाट नवराज छत्कुली, दोलखाबाट उषा तामाङ्ग, गोरखाबाट भिमलाल श्रेष्ठ, रसुवाबाट अनु कुमारी आचार्य, सिन्धुपाल्चोकबाट दुर्गा आचार्य, नुवाकोटबाट शर्मिला उप्रेती, मकवानपुरबाट सम्झना रिजाल, ओखलढुंगाबाट शिव प्रसाद ढुंगाना, काभ्रेबाट मोतीराम तिमल्सिना, रामेछापबाट जानुका पौडेल रहेका महासंघले भक्तपुर पोस्ट लाई जानकारी गराएको छ ।

    सम्मान कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पत्रकारहरुले सहि सूचना प्रवाह गर्नुपर्ने बताए । समाचार संकलन गर्द सहजै सूचना पाउन नसके सूचनाको हक सम्बन्धी अधिकार प्रयोग गर्न उनले आग्रह समेत गरे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भूकम्प पछिको पुननिर्माणको अवस्थाबारे पत्रकारले सत्य तथ्य समाचार सम्प्रेषण गर्ने दायित्व पुरा गरिरहेको बताएका थिए भने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका कोषाध्यक्ष किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    उक्त अवसरमा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकिय अधिकृत झबिन्द्र भुसाल,नेपाल पत्रकार महासंघमा महासचिव रमेश बिष्ट, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका वरिष्ठ अधिकृत बविता शर्मा लगायतले लेखनवृत्ति सम्मानको औचित्य र महत्वका बारेमा प्रकाश पारेका थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...