News Portal

  • उपत्यकामै भक्तपुर अस्पताल प्रदेशको पहिलो प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

    भक्तपुर अस्पताललाई नमूना अस्पतालको रुपमा स्थापित गर्ने प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन २०७७
    २९६३ पटक
    भक्तपुर, ९ फागुन २०७७

    बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले उपत्यकामै भक्तपुर अस्पताललाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारेका छन् । उपत्यकामा प्रदेश सरकार अन्तर्गत अन्य अस्पताल नरहेकोले पनि भक्तपुर अस्पताल बनाउनुको बिकल्प आफूहरुसंग नभएको उनले बताएका हुन् ।                 

    शनिवार भक्तपुर अस्पतालको स्थलगत अनुगमनमा आएका बागमती प्रदेशका मुख्य मन्त्री पौडेलको स्वागत एवं मार्गनिर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ” हामीसंग काठमाडौंमा कुनै अस्पताल छैन । ललितपुरमा भर्खर २ साना अस्पताल आएपनि कानुनी प्रक्रिया पुरा गर्नै बाँकी छ । उपत्यकामा भक्तपुर अस्पताललाई नमूना बनाएर मात्र हामी हाम्रो काम प्रमाणित गर्न सक्छौं ।” मुख्यमन्त्री पौडेलले उपत्यकामा संघका अस्पतालहरु संग सेवामा प्रतिस्पर्धा गर्ने गरी प्रदेश सरकारले भक्तपुर अस्पताललाई नमूना अस्पतालको रुपमा स्थापित गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।                                               

    भक्तपुर अस्पताल स्थापनाको दृष्टिले उपत्यकाकै दोश्रो जेठो अस्पताल भएपनि यसको बिकास हुन संघीयता आउनुपरेको उनको भनाइ छ । प्रदेश सरकारको कामबारे भक्तपुर अस्पतालबाट फिडब्याक लिन सकिने भन्दै उनले प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा निकै धेरै काम गरिरहेको जिकिर गरे ।

    बागमती प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सकेकोमा भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवाल र मेसु डा सुमित्रा गौतम लगायत समग्र टिमलाई बधाई दिंदै उनले अस्पतालको व्यवस्थापकीय र प्रशासनिक कुशलताप्रति सन्तोष ब्यक्त गरेका थिए । ”सरकारले साथ् र सहयोग दिने हो । गर्ने तपाइँहरुले नै हो । अझै राम्रो गर्दैजानुहोला । ” उनले मार्गनिर्देश गरे । अस्पतालको विकास एक गतिशील प्रक्रिया भएकोले निरन्तरताको आवस्यकता औल्याउदै मुख्यमन्त्री पौडेलले स्थानीय सरकार र समुदायसंग समेत समन्वय गरी अघि बढ्नुपर्ने बताए ।

    कोभिड -१९ संग लड्न भक्तपुर अस्पतालको भूमिकाको प्रसंसा गर्दै उनले कोभिड-१९ ले अस्पतालको विकासमा समेत अवसर प्राप्त भएको बिचार व्यक्त गरे । सरकारी अस्पताल जनताको अस्पताल भएको भन्दै उनले विरामीको सेवामा अहोरात्र खट्ने कर्मचारीप्रति आभार समेत प्रकट गरेका थिए ।                       

    उक्त अवसरमा अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले मुख्यमन्त्रीसंग दरबन्दी बमोजिमका कर्मचारी माग गरेकी थिइन् । दरवन्दी बमोजिमका स्टाफ नहुँदा विकास समितिबाट करारमा लिई काम चलाउनु परेको उनको गुनासो छ । त्यसैगरी उनले करारका कर्मचारीको व्यवस्थापनका लागि अस्पतालले विनियम बनाएर सामाजिक विकास मन्त्रालयमा पठाएको भएपनि त्यो स्वीकृत नहुँदा अप्ठ्यारो भएको भनेकी थिइन् ।

    मुख्यमन्त्रीको स्वागत तथा मार्गनिर्देशनको औपचारिक कार्यक्रमका बीच मेसु डा गौतमले कार्यपत्र प्रस्तुत गर्दै हालसम्म प्राप्त उपलब्धिको फेहरिस्त प्रस्तुत गरेकी थिइन । त्यसैगरी उनले आगामी आर्थिक वर्षमा २०९ बेडको अस्पताल संचालन गर्ने गरी क्षमता बिस्तार गरिरहेको जानकारी गराउंदै दरबन्दी बमोजिमका स्टाफको आवश्यकता औल्याइन् ।                                       

    कार्यक्रममा पूर्वमन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्यद्वय शशिजंग थापा र सरस्वती बाटी, जिसस प्रमुख नवराज गेलाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।                                                                  अस्पताल ब्यवस्थापन तथा संचालन विकास समितिका अध्यक्ष मिलन सुवालको अध्यक्षतामा संचालित कार्यक्रममा शाखा अधिकृत गोविन्द पुडासैनीले स्वागत मन्तब्य राखेका थिए भने संचालन सुनिता न्यौपानेले गरेकी थिइन् । उक्त अवसरमा अस्पतालका चिकित्सक, नर्स लगायत कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो ।                                                                 

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...