News Portal

  • भक्तपुरमा महिला संघकाे अन्तरक्रिया : जघन्य प्रकारका अपराधीलाई मृत्युदण्डको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ फागुन
    १०५० पटक
    भक्तपुर, २५ फागुन

    नेपाल महिला संघ जिल्ला समिति भक्तपुरले श्रमिक नारी दिबसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘हत्या,हिंसा र बलात्कार निवारणका उपाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा  सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पुर्व राज्यमन्त्री सीता गुरुङ्गले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय भएर काम गर्नु पर्नेमा जोड दिएकी छन् । महिलालाई आत्मनिर्भर भएर हरेक क्षेत्रमा अग्रसर हुन् सल्लाह दिंदै उनले महिला एकताको समेत आवश्यकता औल्याइन । महिलाहरु एक भएर अघि नबढ्दा मुद्दा ओझेलमा परेका उनको भनाइ छ ।

    कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्ने बताइन ।

    कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले महिलाहरु पुरुषको पछि लागेर भन्दा पनि आफैं अघि बढ्नुपर्ने बताए । महिला लाई अघि बढ्न जिल्ला पार्टीले प्रोत्साहित गर्ने प्रतिवद्धता प्रकट गर्दै सभापति थापाले दृढ इच्छाशक्ति भए महिला लाई कसैले रोक्न नसक्ने दावी गरे ।

    सो अवसरमा बोल्दै नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले जघन्य प्रकारका अपराधीलाई मृत्युदण्डको समेत माग गरिन । जघन्य प्रकारका अपराध लाई निरुत्साहित र अन्त्य गर्न त्यस्ता अपराधीलाई कानुनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा बागमति प्रदेश सांसद रजनी जोन्छे,कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष शान्ता अर्याल,महिला संघका केन्द्रीय सदस्य गंगालक्ष्मी अवाल,कांग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री,मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अन्जनादेबी मधिकर्मी,पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी,महिला संघ भक्तपुरका अध्यक्ष सरु बाँनिया,पुर्व सभापति गौरी केसी,कांग्रेस महाधिबेशन प्रतिनिधि रुपा थापा,महासमिति सदस्य शुभद्रा काफ्ले ,महिला संघ भक्तपुर सचिब लक्ष्मीशोभा प्रजापति,शहिद पत्नी शारदा झा,सहसचिब संगीता आचार्य,संघका क्षेत्र नं.१ का सभापति निमा बाँनिया केसी र २ का सभापति ललिता पोखरेल लगायतले समग्र महिलाको सशक्तिकरणमा सरकार र सरोकारवालाको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

    यसैबीच महिला संघ क्षेत्र नं.१ ले सम्मान कार्यक्रमको आयोजना गरेको छ । संघको तर्फबाट महिला संघका केन्द्रीय अध्यक्ष उमा रेग्मीले प्रदेश सांसद रजनी जोन्छे, शहिद पत्नी शारदा झा, पुर्व सभापति गौरी केसी, संघकी भक्तपुरअध्यक्ष सरु बाँनिया लगायतलाई दोसल्ला र माला लगाई सम्मान गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...