News Portal

  • वागीश्वरीमा महिला दिवस : महिलामाथिको दमनको कारण पूँजीवाद भएको भनाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ फागुन
    १०५२ पटक
    भक्तपुर, २५ फागुन

    नेपाल क्रान्तिकारी शिक्षक संघ र नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल प्राध्यापक समाज केन्द्रीय अध्यक्ष एवं नेमकिपाका नेता सरोजराज गोसाईले वर्गीय मुक्तिले मात्र शोषित महिलाहरुमाथिको शोषण अन्त्य हुने बताउदै महिलामाथिको दमनको कारण पूँजीवाद भएको भनेका छन् ।

    नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कामदार महिलाहरुको आवाजलाई सम्मान व्यक्त गर्दै महिलाद्वारा उत्पीडित पुरुषको बारेमा पनि सोचको आधार बनाउनुपर्ने आवश्यकता औल्याएका छन् ।

    शिक्षिका सुनिता राउतले पुरुषहरुलाई चौकिदारी गर्न मात्र सिकाउने पितृसत्तात्मक सोचलाई पुरुषहरुले पनि परिवर्तन गर्नु आवश्यक भएको भेनेकी छन् भने शिक्षिका रुपकेशरी उलकले सुत्केरी हुदा महिलाहरुलाई बेतलबी बिदा दिनु राम्रो होइन भन्दै यसमा परिवर्तन आवश्यक रहेको बताइन ।

    आयोजक समितिका सदस्य सुशिला कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा शिक्षकहरु ज्ञानेन्द्र प्रसाद दाहाल, विश्वेश्वर मानन्धर, शिक्षिकाहरु श्रीया पहिजु, गिता खनाल, रामलक्ष्मी अवाल, पुजा शाक्य, निरु ताल्चाभडेल, पवित्रा शाही लगायतले पनि महिला अधिकार र भूमिकाबारे बोलेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...