News Portal

  • भक्तपुरमा वाइसिएलको जिम्मेवारी दिनेश र नरेशलाई

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७७
    २११६ पटक
    भक्तपुर, ६ चैत २०७७

    भक्तपुरमा वाइसिएलको नेतृत्व तोकिएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले बागमती प्रदेशका सबै जिल्ला नेतृत्व तोकेसंगै भक्तपुरमा पनि नेतृत्व चयन गरेको हो।

    नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपाल भक्तपुर जिल्ला इन्चार्जमा दिनेश थपलिया(आक्रोश)लाई जिम्मेवारी तोकिएको छ । उनी माओवादी केन्द्रका जिल्ला सदस्य समेत हुन् । जिल्ला संयोजकको जिम्मेवारी भने नरेश वाइबालाई दिइएको छ ।

    वाइसिएल नेपालले २०७८ जेठ २८–३० गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने सामेत निर्णय गरेको छ । साथै, प्रदेश भेला जेठ १५ गते भित्र र जिल्ला तथा स्थानीय भेला भने जेठ ५ गते भित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी गराइएको छ । नयाँ नेतृत्वले भक्तपुर जिल्लाको दोस्रो पूर्ण बैठक शनिबार दिउसो पान्डोबजारस्थित होटल जम्बालामा बोलाएको नेता विनोद लामिछानेले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...