News Portal

  • भक्तपुर क्याम्पसमा क्याम्पस प्रमुखको कुर्सी जलाइयो

    भक्तपुरपोस्ट संवाददाता२०७७ चैत्र ११ गते
    १७९९ पटक
    २०७७ चैत्र ११ गते

    भक्तपुर वहुमुखी क्याम्पसमा नेविसंघका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । मंगलबार क्याम्पस प्रमुखको बन्द कोठाको ताला फोडि नेविसंघले क्याम्पस प्रमुखको कुर्सी जलाएको हो । साथै क्याम्पस प्रमुखको सभाकक्ष र मुख्य गेटमा पनि तालाबन्दी गरिएको छ ।

    नेविसंघले क्याम्पसमा योग्यता नपुगेका कर्मचारीलाई आफुखुसी जिम्मेवारी बाँडफाँड गरेको र विविएम्मा भर्ना शुल्क निर्धारण नगरि भर्नामा आफुखुसी मनोमानी भएको विज्ञप्ती मार्फत जनाएको छ ।

    यस किसिमका गतिविधि संगै स्वतन्त्र विद्यार्थी युनियन भक्तपुर बहुमुखी क्याम्पसले भने प्रेस विज्ञप्ती जारी नेविसंघले क्याम्पस प्रमुख र विविएको भवनमा लगाएको तालाबन्दको विरोध गरेको छ । विद्यार्थी संगठनहरुले सदैव विद्यार्थीहरुको हकहितको लागि आवाज उठाउनु पर्ने हो तर विद्यार्थीहरुले कक्षा कोठामा अध्ययनरत विद्यार्थीहरुलाई निकालेर भवनमा नै तालाबन्दी गर्दा विद्यार्थीहरुलाई अध्ययन गर्न पाउने अधिकारबाट बन्चित पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ । क्याम्पसको भौतिक संरचना तोडफोड गरेर शुल्क कम हुन सक्दैन , क्याम्पसको भौतिक सम्पति तोडफोड गर्नेलाई क्षतिपुर्ति समेत तिराउनु पर्ने स्ववियुले माग गरेको छ ।

    ”स्ववियुले पटक पटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराउदै गर्दा उचित किसिमको सम्बोधन नहुँदा यस्ता खाले गतिविधि उत्पन्न भएको हो ।” स्ववियू अध्यक्ष दिनेश खड्गीले जनकारी गराए ।

    यस लगतै नेपाल क्रान्तिकारी विद्यार्थी संघले पनि त्यस्ता अराजनैतिक गतिविधिको विरोघ जनाएको छ । आन्दोलित नेविसंघले भने क्याम्पस प्रशासनले कुरा नसुनेपछि विरोधमा उत्रनु परेको भन्दै आफ्नो कदमको बचाव गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...