News Portal

  • वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो –बिजुक्छे

    नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेला सुरु

    अनिल फोजूकाठमाण्डौ,१३ चैत
    १५१४ पटक
    काठमाण्डौ,१३ चैत

    “वर्गसंघर्ष आर्थिक मात्र होइन, बौद्धिक र शैक्षिक संघर्ष पनि हो ।” नेपाल क्रान्तिकारी विद्यार्थी संघको राष्ट्रिय भेलाको समुद्घाटन समारोहमा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंले यस्तो धारणा राखेका हुन् । गरिबका छोराछोरीहरूलाई पढ्नबाट वञ्चित गर्न शासकहरूले अनेक बन्द–हडताल र छलछाम गर्ने धारण राख्दै बिजुक्छेले तल्लो वर्गका विद्यार्थीहरूले आफ्नो विषयमा जरैबाट ज्ञान हासिल गर्नुपर्ने र विचारमा सशक्त हुनुपर्ने आवश्यकता औँल्याए । यो व्यवस्था परिवर्तन गर्ने संघर्षका लागि तयार हुन जोड दिँदैे उनले भने, “हामीले आफ्नो कर्तव्य पूरा गरौँ , हार नखाऔँ, आज नभए भोलि हुन्छ, भोलि नभए पर्सि हुन्छ ।” विजुुक्छेले उक्त भनाई नेक्राविसंघको राष्ट्रिय भेलामा भनेका हुन् । भेलामा विजुक्छेले नेक्राविसंघका राष्ट्रिय भेलाको सफलताको कामना गर्दै कार्यकर्तालाई आलोचनात्मक छलफल चलाउन निर्देशन समेत दिए ।

    कार्यक्रममा नेमकिपा काठमाण्डौ जिल्ला अध्यक्ष नारायण महर्जनले कीर्तिपुरमा नेक्राविसंघको विगतबारे सविस्तार चर्चा गरे । विद्यार्थीकालीन आफ्ना अनुभव साझा गर्दै उहाँले नेक्राविसंघले इतिहासका विभिन्न कालखण्डमा ठूला आन्दोलन उठाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । नेपाल क्रान्तिकारी महिला संघका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पार्टी स्थापनाको अवसरमा देशका विभिन्न स्थानमा भएका गतिविधि र त्यसमा सर्वसाधरण जनताको अत्यन्त उत्साहप्रद सहभागिताबारे अनुभव सुनाइन । थापामगरले भनिन “कर्णालीमा महिला र मदिरा पर्यायवाची भएका छन् । मदिरा उत्पादनमा धेरैजसो पूर्व माओवादी महिला लडाकू संलग्न रहेको पाइयो ।” कर्णालीमा अधिकांश महिलाहरू २४–२५ वर्षको उमेरमै आङ खस्ने समस्याबाट पीडित रहेको चर्चा गर्दै त्यस भेगका महिलाहरूको शैक्षिक र स्वास्थ्य स्थिति दर्दनाक रहेको दाबी गरिन  । महिलाहरूको यो दुरावस्थाको लागि आजसम्म सरकारमा गएका सम्पूर्ण राजनीतिक दलहरूले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिइन।

    कार्यक्रममा नेक्राविसंघका पूर्व अध्यक्ष सरोजराज गोसाइँले विभिन्न ऐतिहासिक आन्दोलनका क्रममा शासक दलका विद्यार्थी संगठनमा देखिने अवसरवादी प्रवृत्तिको विरुद्ध नेक्राविसंघले निरन्तर संघर्ष गरेको स्मरण गरे । ०४६ र ०६२-६३ सालका आन्दोलन अरूले सकियो भन्दा नेक्राविसंघले “हाम्रो आन्दोलन जारी छ” भनी नारा लगाएको बताए । अरूले गणतन्त्रको नारा लगाइरहेको बेला नेक्राविसंघले “कस्तो गणतन्त्र ?” भनी समाजवादी गणतन्त्र प्रचार अभियान चलाएको जिकिर समेत गरे । शासक दलका विद्यार्थी संगठनहरूले चिट चोर्न नपाएको बहानामा पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा स्थगन गर्नुले विद्यार्थी आन्दोलन कता जाँदै छ भन्ने प्रश्न उठेको भन्दै गोसाइँले  चिन्ता व्यक्त   गरे ।

    सभापतिको आसनबाट बोल्दै नेक्राविसंघ अध्यक्ष सबिन ख्याजूले शासक दलहरूले नेपालमा कसरी नवउदारवादी अर्थनीति लागू गर्ने भनी सोचिरहेको बेला नेक्राविसंघले मात्र शिक्षामा नवउदारवादको विरुद्ध संघर्ष गरिरहेको बताए । भेलामा नेक्राविसंघ केन्द्रीय सदस्य गोरख शाही, सचिव रमेश प्रजापतिले पनि बोले । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरमा उद्घाटन भएको राष्ट्रिय भेला चैत १४ गतेसम्म जारी रहने आयोजक समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...