News Portal

  • टोलटोलमा हुने स्थानीय जात्राहरू नरोकिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ चैत
    ६५१ पटक
    भक्तपुर, २३ चैत

    भक्तपुर नगरपालिकाले भक्तपुरको प्रसिद्ध विस्का: जात्रा (बिस्केट जात्रा) सञ्चालनसम्बन्धी बैठक सम्पन्न गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुबीच बैठक सम्पन्न भएको हो ।

    बैठकमा नगर प्रमुख प्रजापतिले जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, माक्स वितरण गर्नेलगायतका तयारीहरू रहेको जानकारी गराए ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले मानव जीवन रक्षा नै प्रमुख कारण भएकोले यस वर्षको बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित गर्ने निर्णय भइसकेको बताउनुहुँदै कोभिड संक्रमण जोखिमका कारण जात्राहरूमा भीडभाड हुने कार्य नगरिदिन आग्रह गरे ।

    बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले सदियौंदेखि चलिआएको जात्रा र परम्पराहरूको विशेष महत्व हुने बताउदै सन्तुलित ढंगबाट नजिकिँदै गरेको बिस्केट जात्रा सम्पन्न गर्न सबैको सहकार्य आवश्यक भएको स्पष्ट पारिन ।

    त्यस्तै गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यले संस्थानले बिस्केट जात्रासँग सम्बन्धित सम्पूर्ण दायित्व पूरा गरेको बताउदै जात्राको समयमा कुनै पनि किसिमको लापरबाही गर्न नहुनेमा जोड दिए ।

    जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरका प्रमुख रत्नसुन्दर लासिवाले छिमेकी मुलुकबाट नेपाल भित्रिनेहरुबाट कोभिड संक्रमण बढिरहेको अवस्थामा भीडभाड हुने जात्रा पर्वको समयमा सबैजना सुरक्षित रहन आग्रह गरे ।

    बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी सामन्तध्वज खाँड, सशस्त्र प्रहरी उपरीक्षक लीलाबहादुर कार्की, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवा, तलेजु भवानीका पुजारी प्रजेश राजोपाध्याय, नेपाल विद्युत प्राधिकरण, ख्वप मिनिबस सेवा प्रा.लि., भक्तपुर उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयबाट प्रतिनिधिहरुलगायतको बैठकमा उपस्थिति रहेको थियो ।
    साथै बिस्केट जात्रासँग सम्बन्धित इन्द्रायणी, बाराही, ज्याथा गणेश, भैरवनाथ, ब्रम्हायणी, माहेश्वरी, कुटी प्वाक गणेशलगायतका सरोकारवालाहरूले यस वर्षको बिस्केट र बिस्केटसँग सम्बन्धित स्थानीय जात्राहरू शान्तिपूर्ण, व्यवस्थित र सुरक्षित ढंगले सञ्चालन गर्ने विषयमा आ–आफ्नो राय–सुझावहरू दिएका थिए  ।

    बिस्केट जात्रा सञ्चालन विषयमा भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन समितिको मिति २०७८ चैत्र १७ र १९ गतेको बैठकले जात्रासँग सम्बन्धित सरोकारवाला विभिन्न पक्षसँग राय सुझाव लिई निर्णय गरेअनुसार २०७७ चैत्र २३ गते सरोकारवाला सबै पक्षबीचको छलफलले गरेका निर्णयहरू यस्ता छन् ः

    १) बैठकले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र (डीसीसीएमसी) भक्तपुरको मिति २०७७।१२।२२ गते बसेको बैठकले ‘यस वर्षको बिस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिंगो ठड्याउने जात्रा गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने’ भन्ने निर्णय गरिसेकेकोले ऐतिहासिक एवं सा“स्कृतिक महत्वको भक्तपुरको प्रमुख बिस्केट जात्रास“ग सम्बन्धित टोलटोलमा हुने जात्राहरूलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सामान्य रुपमा सञ्चालन गर्न सम्बन्धित सम्पूर्ण सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय ग¥यो ।
    २) कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नगरवासीहरूको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी भक्तपुर नगरपालिकाले नगरवासीहरूलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामाग्री घर–घरमा गई वितरण गर्ने र जनचेतनामूलक माइकिङ, पर्चा वितरण तथा सूचना प्रकाशन गर्ने निर्णय बैठकले ग¥यो ।

    ३) बैठकले यस वर्षको बिस्केट जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा कुनै किसिमको हुलहुज्जत हुन नदिई शान्तिपूर्ण तरिकाले सामान्य रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा एवम् आवश्यक बन्दोबस्त जिल्ला प्रशासन कार्यालय, भक्तपुरलगायत जिल्लाका सबै सुरक्षा निकायले गर्ने निर्णय ग¥यो ।

    ४) बिस्केट जात्रास“ग सम्बन्धित जात्रा व्यवस्थापनको लागि गुठी संस्थान, भक्तपुरले आवश्यक सहयोग गर्ने निर्णय पनि सोही बैठकले गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...