News Portal

  • भक्तपुरका ३३ पोखरीहरुको एकसाथ अवलोकन भ्रमणका लागि पदयात्रा हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    १४७९ पटक
    भक्तपुर, २४ चैत

    भक्तपुर पोखरी नै पोखरीको शहर पनि हो । भक्तपुरका ३३ पोखरीहरुको एकसाथ अवलोकन भ्रमणका लागि पदयात्रा हुने भएको छ ।

    नयाँ वर्षको दिन (बैशाख १ गते) उक्त पदयात्रा कार्यक्रम तय गरिएको हो । पदयात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेटमा पुरा गर्ने आयोजक भक्तपुर टुर्सले जनाएको छ । पदयात्रा बिहान साढे ७ बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुने बताइएको छ । उक्त दिन भीड हुन नदिन १० जनाको समूहले १ मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्ने तयारी गरिएको छ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।

    हाल वायु प्रदुषणको कारण वातावरणमा गम्भिर असर पुगेको र सकेसम्म पैदल यात्रालाई प्राथमिकता दिन प्रेरित गर्ने उदेश्यले पदयात्रा गरिएको आयोजकको भनाइ छ । आयोजक भक्तपुर टुर्सले सवारी साधनको कारण उत्पन्न प्रदुषण न्यूनिकरण गर्ने उदेश्यका साथ नियमित रुपमा पदयात्रा गर्ने गरेको जिकिर गरेको छ । भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिनु पदयात्राको अर्को उदेश्य रहेको बताइएको छ ।

    यो पदयात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुटनीतिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुने बताइएको छ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित सम्हे बजीको ब्यबस्था गरिएको आयोजकको भनाइ छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको बताउदै आयोजकले पदयात्रामा सहभागी हुन अग्रिम नाम दर्ता अनिवार्य भएको भनेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...