News Portal

  • निर्विरोध निर्वाचित पत्रकार महासंघका पदाधिकारीलाई काँग्रेस सभापतिको शुभकामना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत
    ८९० पटक
    भक्तपुर, २४ चैत

    निर्वाचन अघि नै निर्विरोध निर्वाचित बनेको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका पदाधिकारीलाई नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बधाई एवं शुभकामना दिएका छन् । ऐतिहासिक जीत हासिल गरेको भन्दै सभापति थापाले एक कार्यक्रमकाबीच दोसल्ला ओढाई बधाई एवं शुभकामना व्यक्त गरेका हुन् ।

    सल्लाघारीस्थित एक होटलमा आयोजित कार्यक्रममा सभापति थापाले पत्रकार कुनै पार्टीको हनुमान बन्नु नहुने बताए । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्न र भन्न नसक्ने पत्रकार देश र समाजको लागि प्रत्युत्पादक हुने उनको भनाइ छ । उनले भक्तपुरका पत्रकारले एकढिक्का भएर महांसघमा जित हासिल गरेजस्तै जनताको पक्षमा पनि एकढिक्का भएर समाचार प्रवाह गर्नुपर्नेमा जोड दिए ।

    उक्त अवसरमा अध्यक्ष जगत प्रजापति, उपाध्यक्ष सुन्दर सिल्पकार, सचिव संजीप घिमिरे ‘शुभचिन्तक’ सहसचिव हेमराज ढकाल र सदस्यहरु हरिसुन्दर छुंका, संजीवप्रसाद दुलाल लगायतका नवनिर्वाचित पदाधिकारी सहभागी रहेका थिए । त्यसैगरी नेपाल पत्रकार महासंघ भक्तपुरका सस्थापक अध्यक्ष रमेश खड्का,पूर्व अध्यक्ष अमर भुजु, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, निवर्तमान उपाध्यक्ष एवं प्रेस युनियनका जिल्ला अध्यक्ष रोशन सिल्पकर, प्रेस चौतारीका जयराम बास्तोला लगायतका पत्रकारका नेताहरु समेत उपस्थित थिए ।

    नेपाल पत्रकार महासंघको निर्वाचन २५ चैतमा हुने तय भएको छ । भक्तपुरमा भने सिंगो कार्यसमिति नै सर्वसम्मत चयन भएपछि निर्वाचिन समितिले निर्विरोध निर्वाचित भएको घोषणा गरिदिएको हो ।

    नयाँ कार्यसमितिमा जगत प्रजापतिको नेतृत्वमा १८ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कार्यसमितिका उपाध्यक्ष सुन्दर सिल्पकार, सचिव संजीप घिमिरे (संजीप शुभचिन्तक), सहसचिव (समावेशी) सुमन श्रेष्ठ र कोषाध्यक्ष विनोद कोजु यस अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए । आइतवार उनीहरु विरुद्ध कसैले पनि उम्मेद्वारी दर्ता गराएका थिएनन । सोमबार अध्यक्ष जगत प्रजापति, महिला उपाध्यक्ष लिला श्रेष्ठ, सहसचिव(खुला) हेमराज ढकलका विरुद्ध परेका उम्मेद्वारी फिर्ता भएसंगै सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित हुन पुगे ।

    त्यसैगरी  केहि सदस्यहरुका उम्मेद्वारी फिर्ता भएसंगै सदस्यहरु कन्चन किसी,किरण सुवाल, दिनेश कार्की, विकास थापा प्रहर,राजकुमार लामिछाने,राजल छुंका(हरिसुन्दर) रामगोपाल तमखु, रुपक ढुंगाना,संजीवप्रसाद दुलाल, सविना केसी र हरिशरण बास्तोला समेत निर्विरोध निर्वाचित भएका छन् । त्यतिमात्र होइन, भक्तपुर शाखाबाट केन्द्रीय पार्षद र प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय पार्षदमा गोपाल खनाल, जीवन ढुंगाना, नविना खर्बुजा,पूर्णभक्त दुलाल र पेशल आचार्य आएका छन् भने प्रदेश पार्षदमा जितेंद्रराज शिल्पकार, ध्रुवराम थापा,नारायण थापा, प्रविण लाखे, भेष बहादुर कार्की, मनिराम लामिछाने, मिना घोरासाइने, राममणी बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्याल,सुरेशकुमार सायजु र संगम लामा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । भक्तपुर शाखाको निर्वाचन सम्पन्न गर्न बालकृष्ण श्रेष्ठको संयोजकत्वमा रवीन्द्र प्रधान र वालामुकुंद सुवाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...