News Portal

  • सिसिएमसीको मन्त्रिपरिषदलाई प्रस्ताव : तीन साता शैक्षिक संस्था बन्द गरौं

    इभक्तपुर संवाददाताभक्तपुर,२८ चैत्र
    ७९४ पटक
    भक्तपुर,२८ चैत्र

    कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको छ ।

    उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा शनिवार सिंहदरबारमा बसेको बैठकले सङ्क्रमण बढी भएका स्थानहरूका विद्यालय तथा कलेजहरू कम्तीमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।

    यससँगै सरकारले कोरोनाको नयाँ प्रजातिको जोखिम कम गर्न ११ बुँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ । ।

    काठमाडौँ, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा नयाँ भेरियन्टको मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि सङ्क्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न (डिसिसिएमसी) जिल्ला कोभिड नियन्त्रण केन्द्रहरुले व्यवस्था गर्ने भएका छन् ।

    विज्ञहरूलाई बोलाएर सुझाव लिइएको र सुझावका आधारमा सिसिएमसीले अन्तिम प्रस्ताव तयार पारी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी रहेको एक सहभागीले बताएका छन् ।

    यसअघि, स्वास्थ्य मन्त्रालयले पनि नयाँ भेरियन्ट नेपालमा फैलिएको र यसले ठूलो जोखिम निम्त्याउने भन्दै नयाँ रणनीति अपनाउनु पर्ने सुझाव दिएको थियो। ‘भीडभाड हुने क्षेत्रमा २५ जनाभन्दा बढी भेला हुन नपाइने, शैक्षिक संस्था अनलाइनमार्फत सञ्चालन गर्नुपर्ने, सिनेमा हललगायत रेस्टुरेन्ट बन्द गर्नुपर्ने भन्दै मन्त्रालयले सिसिएमसीलाई सिफारिस गरेको थियो।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...