News Portal

  • चित्तपोलमा शुभकामना आदान प्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

    अनिल श्रेष्ठभक्तपुर, ३० चैत
    ९८८ पटक
    भक्तपुर, ३० चैत

    चित्तपोल सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सोमबार चित्तपोलमा शुभकामना आदान प्रदान तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित भिन्तुना साँस्कृतिक समाजको आयोजनामा साउन १० गतेदेखि फागुन २ गते सम्म संञ्चालित धिमेबाजा प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । साथै, सामुदायिक सिकाई केन्द्रको आयोजनामा भएको महिलाहरुलाई नेपाली थैली बनाउने तालिमको पनि सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैंजूले प्रशिक्षार्थीहरु तथा प्रशिक्षहरुलाई प्रमाण पत्र वितरण गरेकि थिइन । सांसद सैंजूले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गर्दै देशमा भइरहेको बर्तमान राजनीतिक संकटबारे समेत बोलिन् ।

    कार्यक्रममा भिन्तुना साँस्कृतिक समाजका अध्यक्ष राजाराम पाकुर , धिमेबाजा प्रशिक्षकका प्रशिक्षक सुसिल सुवाल,अतिथि सुर्यभक्त त्वाती , शुशिल त्वाती लगायतलेले नयाँ बर्षको शुभकामना व्यक्त गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...