News Portal

  • नेता प्रधानाङ्गको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ बैशाख
    ८७१ पटक
    भक्तपुर, १ बैशाख

    भक्तपुरमा नेपाली काँग्रेसले आफ्ना सस्थापक सभापति ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले एक कार्यक्रमका बीच श्रद्धान्जली सभा सम्पन्न गरेको हो ।

    भनपा २ स्थित पार्टी कार्यालयमा वुधवार विहान आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले प्रधानाङ्गको  निधनप्रति दुःख व्यक्त गरेका छन् । पार्टीमा प्रधानाङ्गको योगदानको चर्चा गर्दै उनले बनाएको जगमा भक्तपुर काँग्रेस उभिएको सभापति दुर्लभ थापाले स्पष्ट पारे । प्रधानाङ्ग प्रति श्रद्धान्जली व्यक्त गर्दै सभापति थापाले नयाँ वर्षमा नयाँ उर्जाका साथ जनताको दुखसुखमा सहभागी हुन र जनतालाई केन्द्रमा राखेर पार्टी गतिविधि गर्नसके प्रधानाङ्ग प्रति सच्चा श्रद्धान्जली हुने बताए ।

    उक्त अवसरमा पूर्व सभापतिहरु, जिल्ला कार्यसमितिका पदाधिकारीका साथै क्षेत्रीय सभापतिहरु, भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधिहरु र कार्यकर्ताहरुको सहभागिता रहेको सचिव निसान ढुंगेलले बताए ।

    कार्यक्रममा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानले तयार पारेको नयाँ वर्ष २०७८ को क्यालेन्डर वितरण समेत गरिएको थियो ।

    को हुन् प्रधानाङ्ग
    वि.स. १९८३ असोजमा भक्तपुरको तेखाचो वंशगोपालमा जन्मिएका ऐश्वर्यलाल प्रधानाङ्गको ९६ वर्षको उमेरमा यहि चैत २० गते निधन भएको छ । नेपालमा प्रजातन्त्रका लागि जेलनेल भोगेका उनी नेपाली काँग्रेसका नेता हुन् ।

    उनी वि.स. २०४८ मा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य र वाणिज्य राज्य मन्त्री पनि भए । ईलाहावाद विश्वविद्यालयबाट अर्थशास्त्रका स्नातकोत्तर गरेका प्रधानाङ्ग नेपालमा वाणिज्य शिक्षाका संस्थापकका रुपमा पनि चिनिन्छन् । उनले पाटन कलेज, त्रिचन्द्र कलेज, पब्लिक कमर्स कलेज, कीर्तिपुर क्याम्पस त्रि.वि.वि. मा पठाएका छन् भने २०१६ सालमै उनी राष्ट्रिय योजना वोर्डको सदस्य नियुक्त भएका थिए । उनका ’मेरो दैनन्दिनी’ पुस्तक लगायत सयौं लेखहरु प्रकाशित छन् ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...