News Portal

  • अस्पतालमा अक्सिजन अभाव भएपछि भक्तपुर वाइसिएल मैदानमा उत्रदै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख
    १८०५ पटक
    भक्तपुर, २३ बैशाख

    कोभिड १९ संक्रमितले भक्तपुरका अस्पताल भरिएका छन् भने उपचारका लागि अक्सिजनको पर्याप्त उपलब्धता हुन सकेको छैन । अक्सिजनको अभावमा बेड भएपनि संक्रमितलाई भर्ना गर्ने अवस्था नरहेको अस्पताल प्रशासनको जिकिर छ ।

    भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डा सुमित्रा गौतमले सार्वजनिक रुपमै अक्सिजन सिलिन्डर दान गर्न अनुरोध गरेकी छन् । अस्पतालमा पचास बढी संक्रमित उपचारका लागि भर्ना भएका छन् । तर सबैजसो बिरामीलाई अक्सिजन आवश्यक भएपछि अस्पताल प्रशासन निकै चिन्तित छ । बुधवार नायक पल शाहको एक सस्था हाम्रो टिम नेपालले २३ सिलिन्डर र भक्तपुर क्यान्सर अस्पतालले १० सिलिन्डर दान गरेको मेसु गौतम बताउँछिन् ।

    सरकारले अस्पतालहरु अक्सिजन अभावले गुज्रदा अझैपनि ठुलो संख्यामा अक्सिजन सिलिन्डर उद्योग धन्धामा प्रयोग भएको र भण्डारण गरिएर राखिएको आशंका गरेको छ । यसैबीच, नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले यसरी संकटको बेलामा अक्सिजनको अभाव गराउने उद्योगी व्यवसायीहरु लाई कारवाही गर्ने तयारी गरेको छ । वाइसिएलको भक्तपुर जिल्ला इन्चार्ज दिनेश थपलिया आक्रोशले यो बेला युवाहरु चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् । वाइसिएल भक्तपुर अध्यक्ष नरेश वाइवाले आफूहरु सर्प्राइज अनुगमनको तयारीमा रहेको र अक्सिजन सिलिन्डरको कालोबजारी र कृतिम अभावको विरुद्धमा लाग्ने बताए ।

    वाइसिएल भक्तपुरका नेता नरेश रन्जितले आफूहरुले अक्सिजन उत्पादन, प्रयोग र बिक्रीवितरण गर्ने उद्योग र व्यवसायमा छापा हान्नुको बिकल्प नभएको बताएका छन् । सरकार लाचार भएकोले वाइसिएल मैदानमा उत्रनुको बिकल्प नदेखिएको उनको दावी छ । वाइसिएलले अक्सिजनको कृतिम अभावमा संलग्न सम्भावित उद्योगी व्यवसायीको स्क्रिनिंग गरी छापा हान्ने तयारी गरिएको बताइएको छ । प्रहरीसंगको सहकार्यमै आफूहरुले कारवाही अघि बढाउने वाइसिएल भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...