News Portal

  • संक्रमितलाई आवश्यक सहयोगमा सक्रिय काँग्रेस सभापति थापा पनि कोरोना संक्रमित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ जेठ २०७८
    १०१५ पटक
    भक्तपुर, ३ जेठ २०७८

    नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो ।

    मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि भएको पार्टीका जिल्ला सचिव निशान ढुंगेलले जनाएका छन् । सचिव ढुंगेलका अनुसार सभापति थापाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । चिकित्सकीय परामर्समा उनी सल्लाघारी स्थित घरमै ‘होम आइसोलेसनमा रहेका छन् ।

    स्थानीय जनता र कार्यकर्ता संक्रमित भएपछि सभापति थापा आवश्यक सहयोगमा सक्रिय रहेका थिए । सोही क्रममा उनी संक्रमित भएको आशंका गरिएको छ । उनले कोभिड विरुद्धको खोप पनि लगाएका छैनन् । सचिव ढुंगेलका अनुसार भक्तपुरका सबै जनतालाई नपुग्ने खोप आफूले नलगाउने भन्दै उनले बहिस्कार गरेका थिए ।

    पछिल्लो समय कोरोना भाइरसले भक्तपुरमा पनि संक्रमित बढे संगै राजनीतिक दलका नेताहरु पनि संक्रमित भएका छन् । स्थानीय जनता र पार्टी कार्यकर्ताको स्वास्थ्यप्रति चासो राख्दै अस्पताल,प्रशासन, औषधी बिक्रेता, अक्सिजन आपूर्तीकर्ता लगायतसंग सम्पर्कमा रहनुपर्ने बाध्यताका कारण नेताहरु संक्रमित हुनेक्रम पनि बढेको छ । केहि दिन अघि मात्र संघीय सांसद महेश बस्नेत, प्रदेश सांसद प्रतिमा श्रेष्ठ, सुरेन्द्रराज गोसाइँ, माओबादी केन्द्रका इन्चार्ज दिलिप प्रजापति भिष्म लगायत नेताहरु संक्रमित भएर पनि सन्चो भैसकेका छन् भने चाँगुनारायका मेयर सोम मिश्र अझै आइसोलेसनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...