News Portal

  • सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ जेठ २०७८
    ११४२ पटक
    भक्तपुर, ४ जेठ २०७८

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो ।

    उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ । सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले सांसद बस्नेतको पहलमा भारत सरकारबाट एम्बुलेन्स सहयोग पाइएको बताएका छन् ।

    एम्बुलेन्स मानवीय आस्था नेपाल र सूर्यविनायक नगरपालिकाले संयुक्तरुपमा संचालन गर्ने गरि उद्घाटन समेत गरिएको छ । एक कार्यक्रमकाबीच सांसद बस्नेत र सूर्यविनायकका मेयर बासुदेव थापाले संयुक्तरुपमा एम्बुलेन्सको उद्घाटन गरेका हुन् । उक्त अवसरमा सांसद बस्नेतले एम्बुलेन्स संचालन भएसंगै बिरामीलाई राहत हुने बताए भने नगरप्रमुख थापाले नगर अस्पताल संचालनको अन्तिम चरणमा रहेको जानकारी गराएका थिए ।

    एम्बुलेन्सको लागि दुतावासमा सूर्यविनायक नगरपालिकाले पत्राचार गरे नगरेको बारे बुझ्न पटक पटक नगर प्रमुख बासुदेव थापालाई सम्पर्क गर्न खोजेपनि उनले फोन उठाएनन् ।

    नगरपालिकाकी उपप्रमुख जुना बस्नेतले पत्राचार भए नभएको बारे अनभिज्ञता प्रकट गरिन् । उनले मानवीय आस्थाले पाएको एम्बुलेन्समा नगरपालिकाले इन्धन हाल्ने सहमती भने भएको जनाएकी छन् । उपप्रमुख बस्नेतले उक्त एम्बुलेन्सले निशुल्क बिरामी बोक्ने बताइन् । एम्बुलेन्स सेवाका लागि मोबाइल नम्बर ९८०८५२९३८३ मा सम्पर्क गर्न सकिने बताइएको छ । संचालन खर्च नगरपालिकाले व्यहोर्नुपर्ने एम्बुलेन्स एनजीओको नाममा आउनु उदेकलाग्दो भएको एक कर्मचारी बताउछन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...