News Portal

  • भक्तपुरमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

    अनिल फोजू / भक्तपुर पोस्टभक्तपुर, १३ जेठ २०७८ विहिबार
    १४२० पटक
    भक्तपुर, १३ जेठ २०७८ विहिबार

    बोक्सी आरोपमा भक्तपुरमा एक महिलालाई निर्घात कुटपिट गरिएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर १ लोकन्थली स्थित मनोहरा बस्तीमा एक महिला माथि बोक्सी आरोपमा कुटपिट भएको हो ।

    करिब ४५  वर्षकी मुना खनाललाई एक समुहले बोक्सीको आरोपमा कुटपिट गरेको पीडितले भक्तपुर पोस्टलाई बताइन् । भक्तपुरको मनोहरा संगैको सुकुम्बासी बस्तीमा बस्दै आइरहेकी मुना सामान्य झारफुकको काम र ज्याला मजदुरी गर्ने काम गर्छिन् । आफूले झारफुक गर्दै आइकी मुना खनालले बताइ न् । सोही कारण आफूलाई बोक्सी आरोप लगाइदै कुटपिट भएको तर, प्रहरीले पीडकलाई पक्राउ नगरेको उनको भनाइ छ ।

    यस्तो छ घटनाको विवरण
    घटना गत शनिवार साँझको हो । सब्जी खरिद गर्न भनि मुना खनाल बजार गरिरहेकी थिइन् । अचानक फूलमायाको घरबाट  फोन आउछ । फोन आएपछि मुना विरामीलाई भेत्न फूलमायाको घरमा जान्छिन् । उनी फूलमायाको घरमा पुगेपछि सामान्य झारफुक गर्न थाल्छिन् । केहि समय पछि हामी ‘जय नारी महिला समूह’का हौ भन्दै एक हुल फुलमायाको घरभित्र पस्छन् । त्यसपछि ती समुहले तै हैनस झाँक्री बोक्सी भन्दै मुना खनालमाथि कुटपिट गर्न थाल्छन् । यता विरामी फुलमाया लगायतले ‘मेरो घर भित्र आउने तिमीहरु को ?’भनेर ती समुहलाई बाहिर निकाल्छिन् । बाहिर निकालेपनि बाहिर बसेका उनीहरु जादैनन् ।

    यता, मुना घर भित्रबाट नै प्रहरीलाई फोन गछिन् । फोन गर्न लगतै प्रहरी पनि आइपुग्छ । प्रहरी आएपछि मुनाको सास उठेर आउछ र प्रहरीले बन्द ढोका खोल्न लगाउँछ । मुना बाहिर मात्र के निस्कन्छिन प्रहरीकै सामुन्नेमा नै उनलाई लातै लाताले बाहिर बसेकाहरुले कुटपिट गर्छन । मुना खनाललाई बोक्सीको आरोप लगाउँदै एलिसा ठकुरी, सुरेस तामाङ, राधिका मगर , अनिल आलेमगर, लक्ष्मी, माया, टाइचे नाम गरेकी महिला, सुमन माझी, एलेन्द्र तामाङ, गंगा गुरुङ्ग लगायतका अन्य व्यक्तिहरुले निर्घात कुटपिट गर्छन । सुरक्षा र न्यायको लागि मुना प्रहरी वृत्त ठिमीमा पनि पुग्छिन । उता न्याय नपाएछि उनी पुन आफ्नो घर तर्फ लाग्छिन ।

    के भन्छन स्थानीय 
    यस्तै सुकुम्बासी बस्तीमा नै बस्दै आएका टेकनाथ सापकोटाले पनि निमुखा भएका कारण खनाल माथी आक्रमण भएको बताउँछन् । उनीलाई आज आक्रमण गर्नेले अरुलाई पनि यस्तै आरोप लगाउँदै आक्रमण गर्न सक्ने उनले सुनाए । कसैलाई बोक्सी आरोप लगाएर यसरी यातना दिन मिल्छ ? उनले थपे । यो सरासर निमुखा माथी दमन गर्न खोजिएको हो । फुलमाया भन्ने विमारी भएको सबैलाई थाहा थियो । उनी लड्दै उफ्रिदै हिड्ने गरेका कारण उनी खनालकोमा झारफुक गर्न आएको सबैलाई थाहा छ । खनालले झारफुक गरेपनि अस्पताल पनि जान उनलाई आग्रह गरेकी थिईन तर, उनका बुबाले केही महिलाहरुलाई जम्मा पारेर उल्टै बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको सापकोटाले बताए । सुरक्षाकर्मीकै अगाडी यसरी कुटपिट हुँदा पनि कसैले पनि उनीलाई न्याय नदिएको उनले बताए । पिडित महिला आफूलाई केटा मान्छेले नै यस्तो दुरव्यवहार गरी कुटपिट गर्दा पनि न्याय नपाएको उनले सुनाईन ।

    मुनाले आफुमाथि भएको घटनाको विषयमा न्याय मागिन्
    आफूमाथी न्याय नभए आफू विष खाएर मर्न बाध्य हुने उनले सुनाईन् । ”भएको एक्लो छोरोलाई पनि बस्तीमा पसे मात्र पनि मार्ने धम्की दिएका छन् । आफू एकजना अर्को मान्छे नभए सुत्न बस्न सम्म पनि सक्दिन, दिशा पिसाव ओछ्यानमा नै गर्न बाध्य भएकी छु ।” उनले भनिन । आफूलाई न्याय चाहिएको उनले सुनाइन । उनका अनुसार सावित्री सुवेदीको आडमा मलाई बोक्सी बनाई उनीहरुले कुटपिट गरेको उनले बताइन् । म कसरी बोक्सी भएँ बोक्सी भनेको के हो मलाई थाहा नभएको उनी बताउँछिन् ।

    अहिले मुनाको अवस्था कस्तो छ ?
    पिडित मुनाको टाउको काँध, ढाड, कम्वर र खुट्टामा चोट तथा निलडाम रहेको छ । उनलाई केटा मान्छेहरुले नै लातै लाता र मुक्काले हानेका कारण उनको मुन्टो नै घुमाउन नमिल्ने भएको छ । कुटपिटबाट सख्त घाइते भएकी उनी हाल घरमा नै रहेकी छन् । शरीरभरी निलडाम भएकी उनी आफ्नो मुन्टो चलाउन पनि नसक्ने अवस्थामा छिन् । उनीलाई हाल दुई जनाले बसाई दिन र सुताई दिनु पर्ने अवस्था रहेको छ । तथापी उपचारका लागि किन अस्पताल जनु भएन भन्दा उनी भन्छिन् भएको पैसा र मोवाईल शनिवार कुटपिट गर्दा खल्तीबाट कसले झिकिदियो थाह छैन अव के पैसाले यो महामारीमा उपचार गर्न जानु भन्दै उनी हाल घरमा नै दुखाई कमि गर्ने औषधी खाएर बसेको बताउँछिन् ।

    को हो जय नारी समुह
    उक्त वस्तीमा राजनीतिक गुतको सन्जालमा होडबाजी चलेको छ । कहिब ८ सय देखि १२ सय सम्म भोट भएको उक्त ठाउँमा राजनीतिक रुपमा पनि दलहरु समूह बनाउन व्यस्त छन् । त्यस्तो अर्काे एक रुप हो जय नारी समुह । जय नारी समुह हाललाई कुन पाटीको हो त्यो नखुलेपनि अन्तत यो बस्तीमा आफ्नो पहुँज बनाउन सक्रिय छ । उक्त बस्तीमा जय नारी समुहलाई सावित्री सुवेदी (जो एक अभियन्ताको रुपमा समेत परिचित छिन् ) ले पचास भन्दा बढी महिलाहरु जम्मा गरेर गठन गरेकी बताइएको छ ।

    त्यहि समुहले पहिले देखि कुटपिट गरेको खुलासा
    अहिले मुनालाई कुटपिट गरेको समुहले पहिले पनि कुटपिट गरेको स्थानीय व्यक्तिले जानकारी गराए । उनलाई ज्यान मार्ने समेत धम्कि आएको स्थानीय प्रत्यक्षदर्शीले पुष्टि गरे । यो वर्ष पनि उनीहरुले कुटपिट गरे, मार्ने नै उद्देश्य रहेछ । त्यस समयमा अरु मानिस पनि घटना स्थलमा जम्मा भएका कारण खनालको ज्यान भने जोगिएको स्थानीयहरुले बताए ।
    (पिडित र स्थानीयसंगको कुराकानीमा  आधारित रिपोर्ट  )

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...