News Portal

  • ताथलीमा कोरोना रोकथाम अभियान समिति गठन

    अनिल फोजू / भक्तपुर पोस्टभक्तपुर, १३ जेठ २०७८ विहिबार
    ८४९ पटक
    भक्तपुर, १३ जेठ २०७८ विहिबार

    बढ्दो कोरोना संक्रमण न्यूनीकरण, रोकथामका लागि स्वतः स्फुर्त र स्वयम्सेवी रुपमा कोरोना रोकथामका लागि ताथलीमा कोरोना रोकथाम अभियान समिति गठन भएको छ । स्थानीय युवाहरुको सक्रियतामा गठन भएको समितिले स्वतः स्फुर्त र स्वयमसेवीको भूमिकामा काम गर्ने उद्घोष गरिएको छ ।

    ताथलीमा कोरोना रोकथाम अभियान समिति’ ले स्थानीय टोलमा विभिन्न स्वास्थ्य सचतना बढाउने कार्य गर्ने बताइएको छ । साथै मास्क खरीद र वितरण, सेनिटाइजर खरीद र वितरण, टोलका स्थानीयले उपयोग गर्ने गरी शरीरमा अक्सिजनको मात्रा मापन गर्ने एकरएक थान अक्सिमिटर र ज्वरो मापन गर्ने दुई दुई थान थर्मोमिटर, भिटामिन (सी) र (डि)को क्याप्सुल, संक्रमितको घरमा जिवाणुनाशक विषादी स्प्रे, अन्य इच्छुक स्थानीयको घरमा पनि किटाणुनाशक विषादी स्प्रे छर्ने योजना बनाएको बताइएको छ ।

    यस समितिले स्थानीय टोलमा रहेका विभिन्न समूह, संस्थाहरुसँग सम्पर्क र समन्वय गरी काम गर्नेछ। उक्त काम गर्नका लागि अहिले स्वयमसेवी रुपबाट आर्थिक संकलन भइरहेको छ । यस अभियानमा सबै व्यक्तिहरु कोरोना विरुद्धको अभियानमा साथ र सहयोगको लागि समितिले अपील गरेको छ ।

    उक्त सहयोगि हातहरुले दिएको स्वतः स्फुर्त रुपमा रकम संकलन गरेर कोभिड–१९ बाट जोगिनका लागि उपयोग गरिने स्वास्थ्य सामग्री खरिद गरेर स्थानीयलाई वितरण गरी कोभिड नियन्त्रणका लागी गरिने प्रयासमा जोडिएका व्यक्ति, संस्था, समूहबाट कति रकम, कहिले संकलन भयो र सो रकमबाट के काम गरियो भन्ने जानकारी सामाजिक सञ्जालमार्फ गराइने समितिले जानकारी गराएको छ । साथै बैंक मार्फत पनि रकम जम्मा गरि सहयोग गर्न सकिन्छ ।

    रकम सहयोगका लागि निम्नानुसारको बैंक खाता रहेको  समितिले जनाएको छ 
    ००१००५०८२३२३८ मेगा बैंक लि. ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...