सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । नयाँ आर्थिक बर्षसंगै कोष खारेज हुने भएको हो ।
आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुरा बताएका हुन् ।
काेषमा अावद्ध संस्थालाई सहकारी बनाइ समायाेजन गरिने वजेटमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने यो कोषको कार्याकारी उपाध्यक्षको रुपमा भक्तपुरका एमाले नेता निर्मल भट्टराई कार्यरत छन ।