News Portal

  • बजेट झुटको पुलिन्दा : डीपी ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०७८,शनिबार
    १५१३ पटक
    DP dhkalभक्तपुर, १५ जेठ २०७८,शनिबार

    सरकारले अध्यादेश मार्फत प्रस्तुत गरेको बजेट प्रधानमन्त्री केपी शर्मा ओली सरकारको झुटको पुलिन्दा भएको अर्थ राजनीतिका विश्लेषक एवं नेकपा माओवादी केन्द्रका भक्तपुर अध्यक्ष डीपी ढकालले प्रतिक्रिया दिएका छन् । पूर्व अर्थमन्त्री वर्षमान पुनका प्रमुख स्वकीय सचिवको रुपमा बजेट निर्माणका बारेमा जानकार ढकालले वर्तमान सरकारले प्रस्तुत गरेको बजेटले कुनै लक्ष्य पूरा गर्न नसक्ने जिकिर गरेका छन् ।

    चुनाव गराउछु भन्ने सरकारले बजेटमा ठोस रकम तोकेर बोल्न नसकेको उनको आरोप छ । यसबाट सरकार चुनाव हुँदैन भन्नेमा निश्चिन्त रहेको वा संसद पुनस्थापना भैहाल्छ भन्ने मनोविज्ञान बनाएको उनले बताए ।

    अर्थ राजनीतिका धेरै पुस्तक समेत प्रकाशन गरिसकेका नेता ढकालले प्रस्तुत बजेट व्यवहारमा आधारित नभई मतदातालाई भ्रमित पार्ने र आफ्ना आसेपासे कार्यकर्ता पोस्ने खालको भएको भनेका छन् । राजस्वको लक्ष्य पूरा हुन सक्ने विश्वासिलो आधार नभएकोले यो बजेटमार्फत चुनावी आस्वासन र चुनावी नारा मात्र बनाउन खोजिएको तर गुदी कुरा केहि पनि नदेखिएको उनको आरोप छ ।

    कोभिड १९ को वर्तमान संकटमा कोभिड नियन्त्रण प्रथमिकतामा रहेको भनिएपनि केबल ३७ अर्ब ५३ करोड मात्र बिनियोजन गरिएको र यो ज्यादै न्यून बिनियोजन भएको उनले बताए । राहत प्याकेजमा पोहोरको भन्दा नया कुरा केही नभएको र बजेटको ९०% भाषा पुरानै बजेटको निरन्तरता भएको उनको भनाइ छ ।

    ”बजेटमा वृद्ध भत्ता मासिक १ हजार र कर्मचारीको तलब २ हजार बढाउने, पत्रकारको बिमाको ५०% रकम तिर्ने बाहेक नया कार्यक्रम केही छैन । ” नेता ढकालले भने ।

    औधोगिक र कृषि क्षेत्रमा सरकारले प्राथमिकता दिन नसकेको उनले दावी गरे । औद्योगिक पुर्बाधार मा केबल २ अर्ब ७७ करोड मात्र छ । बित्तिय हस्तान्तरणको काम प्राथमिकतामै नपरेको, बजेटले साना तथा मझौला व्यावसायिलाई कुनै राहात दिन नसकेको र तल्लो बर्गका मानिसलाई यो बजेटले कुनै सम्बोधन नै नगरेको उनले दावी गरे ।

    ”सबैलाइ सहुलियत दरमा ऋण दिने कुरा गर्ने तर च्यालेन्ज फण्डमा रकम चै एकदमै कम राखेर जनतालाइ उल्लु बनाइदै छ ।” उनले भने । यो बजेटले अर्थतन्त्रको दिशा सकारात्मक तर्फ नबदल्ने हुँदा उत्साहित हुनुपर्ने आधार नरहेको उनले स्पष्ट पारे ।

    बजेट दलाल नोकोरशाही पुजीवादकै निरन्तरतामा आएको नेता डीपी ढकालको निष्कर्ष छ । बजेटको कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेको र आंशिक मात्र संभव हुने उनले भविष्यवाणी गरे । ओलि सरकारका यस अघिका ४ वटा बजेट जस्तै आर्थिक कार्यदिशा आसेपासे पोस्ने दलाल नोकरशाही पुजीवादी भएको उनको भनाइ छ । ”बजेटको कुनैपनि लक्ष पूरा हुँदैन ।” उनले ठोकुवा गरे । बजेटले अपेक्षा गरे अनुसार राजस्व नउठ्ने र बैदेशिक ऋण पनि ऋण पनि नआउने उनले बताए । ”यो मोटाएर होइन ,सुन्निएर आएको बजेट हो भन्दा हुन्छ । यो बजेट व्यवहारमा उतार्न नभई जनतालाई देखाउन मात्र आएको हो ।” उनले दावी गरे ।

    भक्तपुरका लागि नयाँ कुरा केहिपनि नआएको उनले बताए । भक्तपुरका लागि यस अघिका बजेटले समेटेका कुरा पनि पूरा नभएको परिपेक्षमा प्रस्तुत बजेटबाट भक्तपुरबासी उत्साहित बन्न नसकेको उनले बताए । ”ओली सरकारको बजेट आसेपासे र कार्यकर्ता पोस्ने खालको छ । बजेटले झुट बाहेक केहि बाँडेको छैन ।” नेता ढकालले आफ्नो निष्कर्ष सुनाए ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...