News Portal

  • १ करोड बढीको चिनियाँ सहयोग नेमकिपाद्वारा ख्वप अस्पताललाई हस्तान्तरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ जेठ २०७८
    ९५४ पटक
    भक्तपुर, २४ जेठ २०७८

    चिनियाँ कम्युनिष्ट पार्टीले नेपाल मजदुर किसान पार्टीलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्रीमध्ये १५ हजार थान एन ९५ मेडिकल मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन ख्वप अस्पताललाई हस्तान्तरण गरिएको छ । सोमबार एक समारोहबीच उक्त सामाग्री पार्टी सचिव प्रेम सुवालले हस्तान्तरण गरेका हुन ।

    नगरपालिकाका मेयर सुनिल प्रजापतिमार्फत ती स्वास्थ्य सामाग्री नगरपालिकाद्वारा संचालित ख्वप अस्पताल लाई हस्तान्तरण गरिएको हो । हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सनट्रेटर भन्द बढी भरपर्दो, अत्याधुनिक र बहुउपयोगी रहेको र ती सामाग्रीको बजार मूल्य १ करोड रुपैया बढी रहेको बताइएको छ ।

    उक्त अवसरमा सांसद सुवालले छिमेकी देश चीनले कोभिडमाथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेकोप्रति खुशी व्यक्त गर्दै नेपालमा प्राप्त सहयोग प्रति आभार प्रकट गरे । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई मित्र पार्टीबाट प्राप्त सहयोग जनताको स्वास्थ्य सेवामा अधिकत्तम प्रयोगाका लागि खटिएका अस्पतालहरु लाई हस्तारण भैरहेको उनको भनाइ छ ।

    त्यहाँबाट प्राप्त सामाग्रीहरु भक्तपुरका छ वटा अस्पताल र काभ्रेका केही अस्पतालहरुमा हस्तान्तरण गरिसकेको र देशका जुम्ला देखि विराटनगर सम्मका बिभिन्न अस्पतालमा समेत पुर्याइने बताउदै उनले महामारीमा नेमकिपा जनता संगै रहेको समेत बताए ।

    कार्यक्रममा बागमती प्रदेशका सांसद एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावनायुक्त स्वास्थ्यसामाग्रीमा महामारी जित्ने सुभेक्षा मिसिएको बताउदै यो अहिलेको समयमा यसको ठूलो महत्व रहेको बताए ।

    त्यसैगरी भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल सञ्चालनमा नेपाल सरकारको तर्फबाट आफूहरुलाई सौतेनी व्यवहार गरिएको र आवश्यक सहयोग प्राप्त नभएको गुनासो गर्दैछिमेकी पार्टीको तर्फबाट प्राप्त सहयोगले नगरवासी कृतज्ञ भएको भनेका थिए ।

    सरकारको तर्फबाट आवश्यक सहयोग प्राप्त नभएपछि जनस्तरबाट आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरुका कारण प्रकोप व्यवस्थापन कोषमा ५ करोडभन्दा बढी सहयोग जम्मा भएको अवगत गराउदै उनले सधै जनतालाई केन्द्रमा राखेर नगरपालिकाले जनताको सेवा गर्ने प्रतिवद्धता समेत प्रकट गरे ।

    कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, भक्तपुर नपाका कार्यपालिका सदस्यहरु, जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरको इमर्जेन्सी वार्डका इन्चार्ज डा. सुमिता चोलेखो, जनस्वास्थ्य सेवा केन्द्रका कर्मचारीहरुलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...