News Portal

  • नेपाल पत्रकार मञ्चद्वारा भक्तपुरका पत्रकारलाई पन्ध्र सय थान मास्क प्रदान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असार
    ९३९ पटक
    भक्तपुर, १८ असार

    नेपाल पत्रकार मञ्चले पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिएको छ । मञ्चले शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

    मञ्चका अध्यक्ष युवराज विद्रोहीको नेतृत्वमा रहेको टोलीले शुक्रवार सल्लाघारीस्थित महासंघको कार्यालयमा आई सहयोग हस्तान्तरण गरेको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले जनाएका छन् । मञ्चले सर्जिकल मास्क १ हजार ५ सय थान र ५०० एमएलको २० थान स्यानिटाइजर सहयोग गरेको उनले बताए ।

    सहयोग हस्तान्तरण गर्दै मञ्चका अध्यक्ष विद्रोहीले कोरोना भाइरसको संक्रमणबाट पत्रकारहरुलाई जोगाउने अभियानमा आफूहरु रहेको स्पष्ट पारे । मञ्चले विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइरहेको उनको भनाइ छ । मञ्चले उपत्यकाका साथै बाहिरी जिल्लाहरुमा पनि पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री उपलब्ध गराइरहेको उनले जानकारी गराए ।

    उक्त अवसरमा महासंघका भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिले मञ्चबाट प्राप्त स्वास्थ्य सुरक्षा सामग्री भक्तपुरका पत्रकारहरुलाई आवश्यकता अनुसार वितरण गर्ने प्रतिवद्धता प्रकट गर्दै सहयोगका लागि आभार प्रकट गरे । अध्यक्ष प्रजापतिले शाखाका सदस्यहरुलाई कोभिडले गरेको असर र शाखाको सक्रियताबारे जानकारी समेत गराएका थिए ।

    कार्यक्रममा जिल्ला शाखा भक्तपुरका तर्फबाट संस्थापक सभापति रमेश खड्का, पूर्व अध्यक्षद्वय विकल श्रेष्ठ र अमर भुजु, सचिव संजीप घिमिरे शुभचिन्तकका साथै सदस्य रामगोपाल तमखू उपस्थित थिए । त्यस्तैगरी मञ्चका तर्फबाट उपाध्यक्ष चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, कार्यसमिति सदस्य जेन श्रेष्ठ, नेपाल पत्रकार महासंघ एशोसियट प्रदेशका महासचिव रोयल आचार्यको उपस्थिती रहेको थियो ।

    यसैबीच नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले पनि महासंघ भक्तपुर शाखालाई १ हजार थान मास्क सहयोग गरेको छ । महासंघ उपत्यका समितिका अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका, सचिव रोशनराज पाण्डे, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी लगायतको टोलीले शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिलाई सो मास्क हस्तान्तरण गरेका महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...