News Portal

  • भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ साउन २०७८
    ८०१ पटक
    भक्तपुर, ६ साउन २०७८

    भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईलाई पितृशोक परेको छ । उनका पिता कुलप्रसाद भट्टराईको निधन भएको छ ।

    ८२ वर्षको उमेरमा मंगलवार साँझ ६:३० बजे पिता कुलप्रसाद भट्टराईको निधन भएको पारिवारिक श्रोतले पुष्टि गरेको हो । सुनसरीको बकलौरीस्थित निवासमा शौचालयबाट शयन कक्षतर्फ आउदै गर्दा अचानक उनको निधन भएको बताइएको छ ।

    स्वर्गीय भट्टराईका ४ भाइ छोरा निजामति सेवामा छन् । सिडिओ भट्टराई उनका माइला छोरा हुन् । पितृशोकमा परेका सिडिओ भट्टराई सुनसरीस्थित घरमा पिताको अन्तिम संस्कारमा रहेका छन् ।

    सिडिओ कार्यालयका कर्मचारी एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन(निजामति) का भक्तपुर जिल्ला इन्चार्ज कुबेरप्रसाद दाहालले दिवंगत भट्टाराईप्रति हार्दिक श्रद्धान्जली एवं परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । भक्तपुरपोस्ट परिवार पनि दिवंगत पिताजी प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै सिडिओ भट्टराई लगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...