News Portal

  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    भक्तपुरपोष्ट संवाददाता१८ साउन २०७८
    ४३२ पटक
    १८ साउन २०७८

     

    नेकपा माओवादी केन्द्रको आज दिउँसो तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘गम्भीर छलफल’ गर्नुपर्ने भन्दै आज दिउँसो ३ बजे तय भएको बैठक स्थगित भएको हो ।

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक स्थगित गर्नुपर्ने भन्दै स्थायी समिति सदस्यहरुलाई जानकारी पठाएका छन् ।

    एक स्थायी समिति सदस्यका अनुसार, पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्री देउवासँग गम्भीर छलफल गर्नुपर्ने देखिएको भन्दै आज तय गरिएको बैठक स्थगित गरिएको हो ।

    सामान्यतः कुन कुन दलले कति मन्त्रालय पाउने भन्ने विषयमा छलफल भएपनि कुन कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लागिसकेको छैन । पछिल्लो समय कांग्रेसले महत्वपूर्ण मन्त्रालयहरुमा आफ्नो दावी प्रस्तुत गरेपछि आन्तरिक रुपमा सत्तारुढ दलहरुबीच खटपट सुरु भइसकेको छ ।

    अब आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने र ढुक्कले सरकार सञ्चालन गरेर जाने मनस्थितिमा पुगेका देउवाले सत्तारुढ दलहरुलाई नै पेल्न थालेको जसपाका एक नेताको भनाइ छ ।

    माओवादी केन्द्रले आज दिउँसो ३ बजे बैठक राखी सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने योजना बनाएको थियो । आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा देउवा थिए ।

    माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने तयारी भए पनि देउवाले अस्वीकार गरेका थिए । त्यसपछि माओवादीमा देउवाले खेल्न खोजेको माओवादी नेताहरुको बुझाइ छ ।

    माओवादी केन्द्रको हिजो बसेको स्थायी समिति बैठकले २० गतेका लागि तय गरेको केन्द्रीय समिति बैठक साउन ३० गतेलाई सारेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...