News Portal

  • सूर्यविनायकका २९ जना माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष ढकाल भन्छन्-अग्रगामीहरू माओवादीमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ साउन २०७८
    ३८३० पटक
    dp dhakal bhaktapurभक्तपुर, २३ साउन २०७८

    नेकपा (माओवादी केन्द्र) मा मानिसहरुको आकर्षण देखिएको छ । भक्तपुरमा शनिवार बिभिन्न पार्टी परित्याग गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    सूर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा भेलामा २९ जनाले पार्टी प्रवेश गरेका हुन् । कुमार लामाको नेतृत्वमा बिभिन्न पार्टीबाट गरी २९ जना माओवादी केन्द्रमा प्रवेश गरेका उक्त कार्यक्रमका संचालक समेत रहेका युवा नेता मिलन लामाले बताए ।

    नवप्रवेशीहरुलाई पार्टीका भक्तपुर अध्यक्ष डिपी ढकालले स्वागत गरेका थिए । नवप्रवेशीका तर्फबाट बोल्दै अगुवा नेता कुमार लामाले जनताको बलिदानीबाट बनेको पार्टी माओवादी केन्द्रमा केन्द्रित हुन पाएकोमा गौरव महसुस भएको प्रतिक्रिया दिएका छन् । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफूहरु सदैव तयार रहने उनले प्रतिवद्धता समेत प्रकट गरे ।

    उक्त अवसरमा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा (माओवादी केन्द्र) भक्तपुरका अध्यक्ष डिपी ढकालले अग्रगामी र परिवर्तनकारी शक्ति माओवादी केन्द्र मात्र भएकोले परिवर्तन चाहनेहरु ढिलोचाडो माओवादी हुनुको बिकल्प नभएको बताए । अध्यक्ष ढकालले जनविरोधी हर्कत गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेर थन्किएका दावी गरे । प्रतिगमन तर्फ जादाँ नेकपा (एमाले)को ओली पक्ष जनताबीच नाङ्ग्गिएको जिकिर गर्दै उनले भीरबाट लड्नजानेलाई रामराम भन्न सकिने तर काध थाप्न नसकिने तर्क गरेका थिए । सोहीकारण नेकपामा ओलीको पछि लागेर हिड्न नसकिएको उनले प्रष्ट पारे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भक्तपुरको बिकाशको लागि आफू र आफ्नो पार्टी हमेसा क्रियाशील रहेको जानकारी गराउदै जनताको पक्षमा वडा देखि मन्त्रालयसम्म आवश्यक पहलका लागि सदैव तयार रहेको दावी गरे । जनताले उक्त कार्यका लागि जुनसुकै बेला आफूलाई सम्पर्क गर्न सक्ने समेत उनले स्पष्ट पारे । उक्त अवसरमा नेता ढकालले स्थानीय जनताले नेताको बदला व्यवसायीलाई जनप्रतिनिधि चुन्दा बिकाशनिर्माण कार्यमा भ्रष्टाचार र बिकृती बढेको प्रति जनता संवेदनशील बन्नुपर्ने आवस्यकता समेत औल्याएका थिए ।

    स्थानीय नेता भरत सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन स्थानीय स्वयंसेवी एवं जिल्लाका युवा नेता मिलन लामाले गरेका थिए । कार्यक्रममा पार्टीको सूर्यविनायक संयोजक जीवन तज, सहसंयोजक सानुकान्छा तामाङ्ग, पनौती नगर संयोजक राजेन्द्र सापकोटा, पाँचखाल नगरपालिकाका जनप्रतिनिधि बालकृष्ण सापकोटा, भक्तपुर वाइसिएलका अध्यक्ष नरेश वाइवा लगायत अतिथिको रुपमा उपस्थित रहेका थिए ।

    अर्पण डेरी अगाडी भएको वडा भेलाको अवसरमा उक्त वडाका फूटबल खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । प्रथम मेयर कप पुरुष फ़ुट्सल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गरिएको नेता मिलन लामाले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...