News Portal

  • माओवादी केन्द्रको भक्तपुर जिल्ला इन्चार्जमा प्रजापतिलाई निरन्तरता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,९ भदौ २०७८
    १६०५ पटक
    dilip prajapatiभक्तपुर,९ भदौ २०७८

    सर्वोच्च अदालतको आदेशले पूर्ववत: अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र)ले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार टुंगो लगाएको नेताहरूको जिम्मेवारी अनुसार संगठन विभागको महत्वपूर्ण जिम्मेवारी जनार्दन शर्माले पाएका छन् भने पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

    माओवादी केन्द्रले भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्मलाई भने निरन्तरता दिएको छ । जिल्ला समिति खारेज गरेको केन्द्रले जिल्ला समितिलाई जिल्ला समन्वय समिति नामाकरण गरी भक्तपुरको इन्चार्जमा प्रजापतिलाई निरन्तरता दिएको हो । उनी एकीकरणपछि बनेको नेकपाको पनि इन्चार्ज रहेका थिए ।

    पार्टीले केन्द्रीय विभाग, प्रदेश इञ्चार्ज र सहइञ्चार्ज, जिल्ला इञ्चार्ज तथा जनवर्गीय संगठनका इञ्चार्जहरु तोकेको छ । पार्टीको स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड आफैं र प्रमुखमा गिरिराजमणि पोखरेल छन् । प्रवक्ता महरालाई प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालयको सचिवमा श्रीराम ढकाल यथावत छन् ।

    प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की -राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य बनेका छन् । यस्तै गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल ‘बलदेव’, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्ज खगराज भट्टलाई बनाइएको छ ।

    मातृका यादव उपभोक्ता हित तथा आपूर्ति विभाग, हरिबोल गजुरेल कृषि तथा भूमिसुधार विभाग, देव गुरुङ संघीय संसदीय विभाग प्रमुख र लिलामणि पोखरेलले जलस्रोत सिंचाइ तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

    युवा तथा खेलकुद विभाग प्रमुख गणेशमान पुन, राजकीय मामला तथा सुशासन विभाग प्रमुख रेखा शर्मा र खानेपानी तथा सरसफाइ विभाग प्रमुख विना मगरलाई बनाइएको छ । लिलामणि पोखरेलले विशेष समिति इञ्चार्ज, डिलाराम आचार्यले सम्पर्क समन्वय समिति इञ्चार्ज र नारायणकाजी श्रेष्ठले प्रवास समिति इञ्चार्जको जिम्मेवारी पाएका छन् । वाइसिएल नेपालको इञ्चार्ज र युवा विशेष जिल्ला समिति इञ्चार्जको जिम्मेवारी रामप्रसाद सापकोटा (दीपशिखा)ले पाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...