News Portal

  • कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजा बजाउँदै पुग्यो महानगरपालिकाको टोली

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट भक्तपुर, ९ भदौ २०७८
    १६६५ पटक
    भक्तपुर, ९ भदौ २०७८

    काठमाडौँ महानगरले घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पञ्चेबाजाको टोली पठाएको छ । उक्त टोलीलाई महानगरले कर तिर्ने सम्बन्धी सूचना टास्न पठाएको हो ।

    पञ्चेबाजा सहित पुगेको टोलीले कर नदिरे सेवा रोक्का गर्ने व्यहोराको सूचना टाँस गरेको महानगरले जनाएको छ । महानगरको राजस्व विभागले २४ गतेभित्र कर नतिरे त्यसपछि सेवा रोक्का गर्ने सूचना बुधवार टाँस गरेको हो ।

    महानगरले यस अघि कर तिर्न आउन असार १६ गते पहिलो पटक २३ व्यक्ति / व्यवसायीको र साउन २४ गते दोस्रो पटक ५२ व्यक्ति / ब्यवसायीको नाम सार्वजनिक गरेको थियो ।

    राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक भएका ७५ मध्ये अहिलेसम्ममा १० जनाले आंशिक रुपमा तिरेका २ करोड ४९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी २० जनाले विवरणसहित कर बुझाउन आउने प्रतिवद्धता गरेका छन् । नाम सार्वजनिक भएका तर सम्पर्कमा नआउनेहरु सन्दर्भमा भदौ २४ देखि प्रचलित कानुनबमोजिमको कारवाही सुरु हुनेछ ।

    आज सूचना टाँस भएका व्यवसायहरुमा वडा १ को कान्तिपुर होटल, वडा १३ को होटल प्लाटिनियम, वडा १७ को ह्वाइट फिल स्कूल, २२ का रञ्जना टे«ड सेन्टर, केशा प्रपर्टीज प्रा. लि., आर. वी. कम्प्लेक्स र वडा ३१ को शिशु अर्याल रहेका छन् ।

    राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा गएको टोलीमा नगर प्रहरी र महिला नौमती श्रमिक सहकारी समूहका सदस्यहरु सहभागी भएका थिए ।

    करदाताकोमा पुगेपछि नगर प्रहरीको टोलीले भदौ २४ गतेभित्र राजस्व विभागमा सम्पर्क गर्न आउने सूचना पढेर समेत सुनाएको थियो । यसैगरी महिला सहकारीको टोलीले पञ्चेबाजामा गीतमार्फत कर तिर्न आउन अनुरोध गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...